भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

गाजाको रफाहमा विस्थापित शिविरमा इजरायले आक्रमण गर्दा २१ जनाको ज्यान गयो

गाजाको रफाहमा विस्थापित शिविरमा इजरायले आक्रमण गर्दा २१ जनाको ज्यान गयो

एजेन्सी । इजराइली आक्रमणबाट कम्तीमा २१ जनाको मृत्यु भएको छ। गाजाको रफाहमा विस्थापितको शिविरमा भएको आक्रमणमा २१ जनाको मृत्यु भएको हो ।

गाजाका स्थानीय अधिकारीहरूका अनुसार आइतबार इजराइली आक्रमणमा दक्षिणी गाजा पट्टी सहरमा भीडभाडयुक्त शिविरमा आगलागी हुँदा ४५ जनाको मृत्यु भएपछि विश्वव्यापी आक्रोश बढेको थियो।

यो घटनाबारे प्रतिक्रिया दिँदै अमेरिकाले भने हमासले हतियार भण्डारण गरेका कारण आगलागी भएको हुनसक्ने बताएको छ।आइतबारको आक्रमणलाई लिएर विश्वव्यापी आक्रोश बढिरहेका वेला इजरायले पुनः रफाहमा आक्रमण गरेको हो।

राष्ट्रसंघीय प्यालेस्टिनी शरणार्थी एजेन्सीका अनुसार इजरायलले रफाहमा लगातार आक्रमण गर्न थालेपछि करिब १० लाख नागरिक अन्यत्र सरेका छन्। आक्रमणमा ६४ जना घाइते भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार घाइतेमध्ये १० जनाको अवस्था गम्भीर रहेको छ।

 


Thali Mobile Pvt.Ltd.