भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

गाजाको रफाहमा विस्थापित शिविरमा इजरायले आक्रमण गर्दा २१ जनाको ज्यान गयो

गाजाको रफाहमा विस्थापित शिविरमा इजरायले आक्रमण गर्दा २१ जनाको ज्यान गयो

एजेन्सी । इजराइली आक्रमणबाट कम्तीमा २१ जनाको मृत्यु भएको छ। गाजाको रफाहमा विस्थापितको शिविरमा भएको आक्रमणमा २१ जनाको मृत्यु भएको हो ।

गाजाका स्थानीय अधिकारीहरूका अनुसार आइतबार इजराइली आक्रमणमा दक्षिणी गाजा पट्टी सहरमा भीडभाडयुक्त शिविरमा आगलागी हुँदा ४५ जनाको मृत्यु भएपछि विश्वव्यापी आक्रोश बढेको थियो।

यो घटनाबारे प्रतिक्रिया दिँदै अमेरिकाले भने हमासले हतियार भण्डारण गरेका कारण आगलागी भएको हुनसक्ने बताएको छ।आइतबारको आक्रमणलाई लिएर विश्वव्यापी आक्रोश बढिरहेका वेला इजरायले पुनः रफाहमा आक्रमण गरेको हो।

राष्ट्रसंघीय प्यालेस्टिनी शरणार्थी एजेन्सीका अनुसार इजरायलले रफाहमा लगातार आक्रमण गर्न थालेपछि करिब १० लाख नागरिक अन्यत्र सरेका छन्। आक्रमणमा ६४ जना घाइते भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार घाइतेमध्ये १० जनाको अवस्था गम्भीर रहेको छ।

 


Thali Mobile Pvt.Ltd.