भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

रूकुममा मृतकका परिवारले बुझे नगद दुई लाखका दरले राहत

रूकुममा मृतकका परिवारले बुझे नगद दुई लाखका दरले राहत

रुकुम । जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परेर मृत्यु भएका रुकुमका सबै मृतकका परिवारले नगद राहत बुझेका छन् ।

गत कात्तिक २४ र २५ गते पहिलो चरणमा राहत रकम बुझ्न् छुटेका र केही कागजी प्रक्रिया नमिलेकाको बाँकी प्रक्रिया पूरा भएसँगै सबै राहत रकम बुझेका हुन् ।

५३ जना मृतकका नजिकका कानुनी हकदारले विपद् पीडित उद्दार राहत सम्बन्धी मापदण्ड २०७७ बमोजिम राहत रकम बुझेकाे प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए ।

३२ घरका ५० जना मृतक परिवारलाई स्थलगत पुगेर ८३ लाख राहत रकम प्रदान गरिएको उनकाे भनाई छ । अन्य तीन जना मृतक परिवारले सल्यान प्रशासनबाट राहत रकम उपलब्ध गराइएको प्रजिअ पन्तको भनाई छ ।

भूकम्पबाट रुकुम पश्चिममा ५३ जनाको ज्यान गएको थियो । सरकारले घोषणा गरेको प्रति मृतक परिवारलाई दुई लाखका दरले राहत रकम प्रदान गरेको हाे ।

 


Thali Mobile Pvt.Ltd.