भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

डिजिटल कारोबारसँगै ठगीका घटना पनि बढेकाले सावधानी अपनाउन राष्ट्र बैंकले आग्रह

डिजिटल कारोबारसँगै ठगीका घटना पनि बढेकाले सावधानी अपनाउन राष्ट्र बैंकले आग्रह

काठमाण्डौ । डिजिटल कारोबारमा आकर्षण बढ्दै गएको छ । प्रविधिको बढ्दो प्रयोगसँगै स्मार्ट मोबाइल फोन र इन्टरनेट प्रयोगकर्तामा आकर्षण बढ्दै गएको हो । पछिल्लो समय विद्युतीय भुक्तानी सेवा, आईपीएस, कनेक्ट आईपीएस, प्रिपेड कार्ड, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, वालेट र क्यूआरमार्फतको भुक्तानी तथा प्रयोगकर्ताको सङ्ख्या पनि बढेको राष्ट्र बैंकको तथ्याङ्क छ ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको ६ महिनामा ७१ खर्ब ९९ अर्ब २९ करोड रूपैयाँ बराबरको डिजिटल कारोबार भएको छ । विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, विद्युतीय भुक्तानी कारोबारका लागि गरिएको प्रोत्साहन र नागरिकको विद्युतीय भुक्तानी उपकरण प्रयोगमा बढ्दो अभ्यासका कारण कारोबार बढ्दै गएको राष्ट्र बैंकले जनाएको छ ।

विद्युतीय कारोबारमा सुरक्षा अपनाउन बलियो पासवर्ड प्रयोग गर्ने, कारोबार गर्दा प्रयोग हुने पासवर्ड, पिन कोड, ओटीपी, टोकन नम्बरजस्ता संवेदनशील वित्तीय जानकारी अरू कसैलाई पनि नदिने तथा ठूलो वित्तीय नोक्सानीबाट बच्न मोबाइल बैंकिङ, डिजिटल वालेट आदिबाट हुने कारोबारमा सीमा तोक्ने बानी बसाल्न राष्ट्र बैंकले सुझाव दिएको छ ।

डिजिटल कारोबारसँगै ठगीका घटना पनि बढेकाले सावधानी अपनाउन राष्ट्र बैंकले आग्रह गर्दै आएको छ । खासगरी रकम प्राप्त गर्ने व्यक्तिको मोबाइल नम्बर प्रयोग गरी रकम ट्रान्सफर गर्दा त्रुटि हुने घटना बढी देखिएकोले रकम प्रापकको नाम तथा मोबाइल नम्बर ठिक रहे,नरहेको यकिन गर्न राष्ट्र बैंकको आग्रह छ ।

 


Thali Mobile Pvt.Ltd.