भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

रास्वपाको स्वागत गेट हटाएर ५ भारतीय ट्रक गन्तव्यतर्फ पठाइयो

रास्वपाको स्वागत गेट हटाएर ५ भारतीय ट्रक गन्तव्यतर्फ पठाइयो

चितवन, ०६ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनका लागि निर्माण गरिएको रास्वपाको स्वागत गेट का कारण अड्किएका ५ वटा भारतीय ट्रकलाई गेट हटाएर गन्तव्यतर्फ पठाइएको छ ।

शनिबार दिउँसो करिब २ बजेतिर पूर्वी चितवनको टिकौली जंगल क्षेत्रमा आइपुगेका ती ट्रक रास्वपाको स्वागत गेट को उचाइका कारण अगाडि बढ्न नसकेपछि निपनी क्षेत्रमा रातभर रोकिएका थिए । आज बिहान स्वयंसेवक र प्रहरीको समन्वयमा गेट हटाएर ट्रकलाई पार गराइएको हो । ट्रकहरू गन्तव्यतर्फ पठाएपछि गेट पुनः यथास्थानमा राखिएको बताइएको छ ।

सुरुमा ट्रकहरूलाई तीन दिनसम्म निपनीमै बस्न भनिएको थियो । तर पछि आवश्यक समन्वय गरेर गेट हटाइएपछि ट्रकहरूलाई मार्ग खुला गरिएको हो ।

ट्रक चालकका अनुसार ती सवारी साधनले कुरिनटारस्थित बाह्रसिङ्गे वियरका लागि सामग्री बोकेर आएका थिए । रास्वपाको महाधिवेशनमा सहभागी प्रतिनिधि तथा आगन्तुकहरूको स्वागतका लागि भरतपुरका विभिन्न स्थानमा रास्वपाको स्वागत गेट निर्माण गरिएको छ । तर गेटको उचाइभन्दा अग्ला ट्रक आउँदा आवागमनमा समस्या उत्पन्न भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.