भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

रास्वपाको स्वागत गेट हटाएर ५ भारतीय ट्रक गन्तव्यतर्फ पठाइयो

रास्वपाको स्वागत गेट हटाएर ५ भारतीय ट्रक गन्तव्यतर्फ पठाइयो

चितवन, ०६ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनका लागि निर्माण गरिएको रास्वपाको स्वागत गेट का कारण अड्किएका ५ वटा भारतीय ट्रकलाई गेट हटाएर गन्तव्यतर्फ पठाइएको छ ।

शनिबार दिउँसो करिब २ बजेतिर पूर्वी चितवनको टिकौली जंगल क्षेत्रमा आइपुगेका ती ट्रक रास्वपाको स्वागत गेट को उचाइका कारण अगाडि बढ्न नसकेपछि निपनी क्षेत्रमा रातभर रोकिएका थिए । आज बिहान स्वयंसेवक र प्रहरीको समन्वयमा गेट हटाएर ट्रकलाई पार गराइएको हो । ट्रकहरू गन्तव्यतर्फ पठाएपछि गेट पुनः यथास्थानमा राखिएको बताइएको छ ।

सुरुमा ट्रकहरूलाई तीन दिनसम्म निपनीमै बस्न भनिएको थियो । तर पछि आवश्यक समन्वय गरेर गेट हटाइएपछि ट्रकहरूलाई मार्ग खुला गरिएको हो ।

ट्रक चालकका अनुसार ती सवारी साधनले कुरिनटारस्थित बाह्रसिङ्गे वियरका लागि सामग्री बोकेर आएका थिए । रास्वपाको महाधिवेशनमा सहभागी प्रतिनिधि तथा आगन्तुकहरूको स्वागतका लागि भरतपुरका विभिन्न स्थानमा रास्वपाको स्वागत गेट निर्माण गरिएको छ । तर गेटको उचाइभन्दा अग्ला ट्रक आउँदा आवागमनमा समस्या उत्पन्न भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.