भर्खरै : Sorry, your browser does not support inline SVG.
कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा | काठमाडौँका होटेल–रेस्टुरेन्टमा जथाभाबी हुक्का र चुरोट पिउन रोक, उल्लङ्घन गरे कडा कारबाही | घुस लिएको आरोपमा भेटेरिनरी अस्पतालका प्रमुख र चालकविरुद्ध भ्रष्टाचार मुद्दा | ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ गठन | राष्ट्रिय कृषि नीति २०८३ जारी, किसानको आयवृद्धिदेखि कृषि उत्पादनको ‘ब्रान्डिङ’ सम्म प्राथमिकता | मन्त्रिपरिषद्का निर्णय : लगानी बोर्डमा याङ्की उक्याब सीईओ, सुनसरी–सिरहा घटनाका पीडितलाई राहत | सितामढीबाट पक्राउ परेका सर्लाहीका दुई किसान रिहा | रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु |

मंगलबारको प्रदर्शन र सभाको तयारी पूरा : राप्रपा

मंगलबारको प्रदर्शन र सभाको तयारी पूरा : राप्रपा

काठमाडौँ, २५ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाको मागलाई लिएर मंगलबार काठमाडौँमा आयोजना गर्न लागेको प्रदर्शन र सभाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार सभामा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसहितका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन्। सभा अघि काठमाडौँका विभिन्न स्थानबाट जुलुसहरू निकालिने र ती जुलुस सभास्थलमा पुगेर सभामा परिणत हुनेछन् । याे प्रदर्शन र सभा पूर्ण रूपमा शान्तिपूर्ण हुने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जनाएकाे छ ।

यसअघि चैत १५ गते राप्रपाको समर्थन र सहभागितामा काठमाडौँको तीनकुनेमा आयोजित सभा हिंसात्मक बनेको थियो । संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाको माग राख्दै दुर्गा प्रसाईंको नेतृत्वमा भएको उक्त प्रदर्शनमा झडप हुँदा दुई जनाको मृत्यु भएको थियो भने अर्बौँको भौतिक क्षति भएको भएकाे छ। घटनापछि राप्रपाले हिंसाको दोष सरकारमाथि लगाएको थियो । तर, प्रहरीले हिंसा भड्काएको आरोपमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणासहितका नेतालाई पक्राउ गरेको छ।

चैत २६ को सभालाई राजसंस्था पुनर्स्थापनाका लागि गठित ‘संयुक्त जनआन्दोलन समिति’ का कार्यवाहक संयोजक डा. जगमान गुरुङले पनि समर्थन जनाएका छन् । उनले शान्तिपूर्ण रूपमा सहभागी हुन सबै राष्ट्रवादी नागरिकलाई आह्वानसमेत गरेका छन् । राप्रपाले यो सभालाई आफ्नो सरकारप्रति दबाब बढाउने अवसरका रूपमा लिएको छ ।

 


Thali Mobile Pvt.Ltd.