भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

सरकार र शिक्षक महासंघबीच संवाद जारी, आज अर्थ मन्त्रालयसँग छलफल हुँदै

सरकार र शिक्षक महासंघबीच संवाद जारी, आज अर्थ मन्त्रालयसँग छलफल हुँदै

काठमाडौं, ३१ चैत । शिक्षक–कर्मचारी मैत्री शिक्षा ऐन जारी गर्न माग राख्दै आन्दोलनरत शिक्षक महासंघ र सरकारबीच संवादको सिलसिला जारी छ । शिक्षकहरूको शैक्षिक हड्ताल र काठमाडौं केन्द्रित आन्दोलनका बीच बिहीबारदेखि सुरु भएको छलफल शनिबार साँझसम्म चलेको थियो । आज आइतबार पनि संवाद हुने भएको छ ।

शिक्षा मन्त्रालयका अधिकारीहरूले आज अर्थ मन्त्रालयसँग छलफल गरेर शिक्षक महासंघसँग पुनः वार्ता गर्ने तयारी गरेका छन् । महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले संवाद सकारात्मक भए पनि ठोस निष्कर्षमा पुग्न बाँकी रहेको बताइन् । उनले भनिन्, “संवाद सकारात्मक छ, तर मागबारे मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने विषयमा छलफल भइरहेको छ ।”

पराजुलीका अनुसार, शिक्षा ऐन जारी हुने सुनिश्चितता भएमा आन्दोलनको स्वरूप परिवर्तन हुन सक्छ । उनले थपिन्, “संसदको आगामी अधिवेशनको पहिलो सातामै विधेयक पेस हुने विश्वासिलो आधार चाहिन्छ ।”

शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत शिक्षकका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् । “ऐन निर्माण प्रक्रिया अगाडि बढेको छ, शिक्षकका गुनासा सम्बोधन हुने गरी सरकार संवेदनशील छ,” उनले भने । उनले आन्दोलन बिसर्जन गर्न शिक्षकहरूलाई आग्रहसमेत गरे । तर, महासंघले शिक्षा ऐन जारी हुने सुनिश्चित नभएसम्म आन्दोलन जारी रहने अडान राखेको छ । पराजुलीले भनिन्, “ऐन जारी हुने ठोस आधार नभएसम्म आन्दोलन रोकिँदैन ।” महासंघले संसदको विशेष अधिवेशन, बर्खे अधिवेशन वा अध्यादेशमार्फत ऐन जारी गर्न माग गरेको छ ।

देशभरका शिक्षकहरू २० चैतदेखि काठमाडौंमा भेला भएर आन्दोलन गरिरहेका छन् ।

 

 


Thali Mobile Pvt.Ltd.