भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

विराटनगरको बाल सुधारगृहबाट दुई बालक फरार

विराटनगरको बाल सुधारगृहबाट दुई बालक फरार

काठमाडौं । विराटनगरको बाल सुधारगृहबाट दुई बालक भागेका छन् । कानुनी विवादमा जिल्ला अदालतको फैसला र आदेश अनुसार सुधारगृहमा राखिएका २ जना बालक मंगलबार दिउँसो पर्खाल नाघेर भागेका हुन् ।

कर्तव्य ज्यान तथा डाँका मुद्दामा सजाय तोकिएका र जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि सुधारगृहमा रहेका बालक फरार भएका हुन् । दुवैको उमेर १६ वर्ष छ ।

सुधारगृहका प्रमुख मिलन चौहानका अनुसार सुधारगृहभित्र रहेको विद्यालयमा अतिरिक्त क्रियाकलाप चलिरहेका बेला दुवै जना मंगलबार दिउँसो ३ बजेतिर भागेका हुन् ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले फरार भएका बालकहरुको खोजी भइरहेको बताए ।

 


Thali Mobile Pvt.Ltd.