भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सम्पूर्ण स्टिल र आल्मुनियममा २५ प्रतिशत कर लगाउने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा

सम्पूर्ण स्टिल र आल्मुनियममा २५ प्रतिशत कर लगाउने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा

एजेन्सी । अमेरिकाले आयात गर्ने सम्पूर्ण स्टिल र आल्मुनियममा २५ प्रतिशत कर लगाउने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बताएका छन् । उक्त विषयमा सोमबार नयाँ घोषणा हुने ट्रम्पको राष्ट्रपति ट्रम्पको भनाइ छ।

सरकार र अमेरिकी आइरन एण्ड स्टिल इन्स्टिच्युटको तथ्यांकअनुसार अमेरिकामा स्टिल आयातको सबैभन्दा ठूलो स्रोत क्यानडा, ब्राजिल र मेक्सिको पछि दक्षिण कोरिया र भियतनाम हुन्। घातुमाथि अहिलेसम्मकै ठूलो भन्सार शूल्कको घोषणाले अमेरिकी व्यापार नीतिमा सुधार आउने टिप्पणी भइरहेको छ।

अमेरिकालाई सबैभन्दा बढी आल्युमिनियम क्यानडाले निकासी गर्छ। उक्त करले क्यानडालाई व्यापक असर पार्ने बताइएको छ। सन् २०२४ मा क्यानडाले ७९ प्रतिशत आल्युमिनियम अमेरिका पठाएको थियो। ट्रम्पले आफ्नो पहिलो कार्यकालमा समेत स्टिलमा २५ र आल्मुनियममा १० प्रतिशत कर लगाए। तर, पछि क्यानडा, मेक्सिको र ब्राजिललगायत थुप्रै व्यापारिक साझेदारलाई कर मुक्त कोटा प्रदान गरिएको थियो।

राष्ट्रपति ट्रम्पले गाजालाई अमेरिकाको स्वामित्वमा राख्ने आफ्नो प्रतिबद्धतालाई दोहोर्याएका छन्। राष्ट्रपति ट्रम्पले अमेरिकी वस्तुमाथि कर लगाउने जुनसुकै मुलकलाई सोही अनुपातमा पारस्पारिक कर लगाउने चेतावनी दिएका छन्।

 


Thali Mobile Pvt.Ltd.