भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

सम्पूर्ण स्टिल र आल्मुनियममा २५ प्रतिशत कर लगाउने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा

सम्पूर्ण स्टिल र आल्मुनियममा २५ प्रतिशत कर लगाउने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा

एजेन्सी । अमेरिकाले आयात गर्ने सम्पूर्ण स्टिल र आल्मुनियममा २५ प्रतिशत कर लगाउने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बताएका छन् । उक्त विषयमा सोमबार नयाँ घोषणा हुने ट्रम्पको राष्ट्रपति ट्रम्पको भनाइ छ।

सरकार र अमेरिकी आइरन एण्ड स्टिल इन्स्टिच्युटको तथ्यांकअनुसार अमेरिकामा स्टिल आयातको सबैभन्दा ठूलो स्रोत क्यानडा, ब्राजिल र मेक्सिको पछि दक्षिण कोरिया र भियतनाम हुन्। घातुमाथि अहिलेसम्मकै ठूलो भन्सार शूल्कको घोषणाले अमेरिकी व्यापार नीतिमा सुधार आउने टिप्पणी भइरहेको छ।

अमेरिकालाई सबैभन्दा बढी आल्युमिनियम क्यानडाले निकासी गर्छ। उक्त करले क्यानडालाई व्यापक असर पार्ने बताइएको छ। सन् २०२४ मा क्यानडाले ७९ प्रतिशत आल्युमिनियम अमेरिका पठाएको थियो। ट्रम्पले आफ्नो पहिलो कार्यकालमा समेत स्टिलमा २५ र आल्मुनियममा १० प्रतिशत कर लगाए। तर, पछि क्यानडा, मेक्सिको र ब्राजिललगायत थुप्रै व्यापारिक साझेदारलाई कर मुक्त कोटा प्रदान गरिएको थियो।

राष्ट्रपति ट्रम्पले गाजालाई अमेरिकाको स्वामित्वमा राख्ने आफ्नो प्रतिबद्धतालाई दोहोर्याएका छन्। राष्ट्रपति ट्रम्पले अमेरिकी वस्तुमाथि कर लगाउने जुनसुकै मुलकलाई सोही अनुपातमा पारस्पारिक कर लगाउने चेतावनी दिएका छन्।

 


Thali Mobile Pvt.Ltd.