अप्रिल २९ को अफवाह ‘छुद्रग्रह’

अप्रिल २९ को अफवाह ‘छुद्रग्रह’

१६ बैशाख २०७७ काठमाडाैं । अप्रिल २९ मा छुद्रग्रह पृथ्वीमा ठोक्किने विभिन्न प्रकारका अफवाह फैलिरहेको छ । झुठो हल्लाको पछि नलाग्न वैज्ञानिकले अनुरोध गरेका छन् ।

अप्रिल २९ मा एउटा छुद्रग्रह पृथ्वीभन्दा ४ मिलियन माइल परबाट जान लागेको अहिले पृथ्वीमा ठोक्किने कुनै सम्भावना नभएको खगोलविदले प्रष्टयाएका छन् । अन्तरीक्षबारे चासो राख्नेहरुका लागि यो परिघटना रोचक छ किनकी यो छुद्रग्रह बुर्ज खलिफा भवनभन्दा पाँचगुणा ठूलो छ ।

यो पृथ्वीमा ठोक्किएमा ठूलो विनाश हुनसक्ने छ तर ठोक्किने सम्भावना नरहेको खगोलविदले बताएका छन् । जब पृथ्वीको नजिकमा कुनै बस्तुहरु देखिन्छन्, तब नासाले त्यो कतातिर गइरहेको छ ? कहिलेसम्म रहन्छ भन्ने विषयमा अध्ययन र अवलोकन गरिरहेको हुन्छ भन्दै नासाले छुद्रग्रह पृथ्वीको नजिक भएर जाँदा हुनसक्ने खतराबारे नजिकबाट अवलोकन गरिरहेको जनाएको छ ।

सन् १९९८ मा पत्ता लागेको छुद्रग्रह अप्रिल २९ मा पृथ्वीको ४ मिलियन माइल नजिक भएर जाने देखिएको छ । त्यसैले यो ग्रह अचानक प्रकट नभएको भन्दै नासाले यसको दुईदशकदेखि अवलोकन गरिरहेको जनाएको छ । नासाले २० हजार माइल प्रतिघण्टाको गतिले पृथ्वीको नजिक भएर जाँने बताएको छ ।

Mohotsav


Thali Mobile Pvt.Ltd.