भर्खरै : Sorry, your browser does not support inline SVG.
न्यायाधीश दरबन्दी पुनरवलोकन गर्न उच्चस्तरीय समिति गठन गरिने | फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ विद्यालय प्रभावित | धनौजीका पूर्वप्रमुख प्रशासकीय अधिकृत र पत्रकारसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | २३ गतेदेखि दसैँको अग्रिम टिकट बुकिङ खुला, भाडा नबढाउने सिटौलाको प्रतिबद्धता | सूर्यविनायकमा दसैँ विशेष अन्तरवडा फुटबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख पुरस्कार | विश्व अण्डा दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम | बाढी पहिरोले म्याग्दीका साढे ५ सय घरपरिवार प्रभावित | मुस्ताङ जाने जहाजमा नेपालीलाई टिकटै नदिएको गुनासो, प्रशासनले तोक्यो दुई सिट अनिवार्य |

उत्तरी गोरखाको साम्दोमा भारी हिमपात, लार्केपास हिँडेका पर्यटक रोकिए

उत्तरी गोरखाको साम्दोमा भारी हिमपात, लार्केपास हिँडेका पर्यटक रोकिए

गोरखा,चैत्र २८। उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित साम्दो क्षेत्रमा भारी हिमपात भएको छ । गए रातिदेखि लगातार हिमपात भइरहेको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए ।

हिमपातका कारण त्यस क्षेत्रको जनजीवन प्रभावित भएको छ । चैतको अन्तिम सातामा परेको हिमपातले चिसो बढेको उनले बताए । गए रातिदेखि नै साम्दो र आसपासका क्षेत्रमा परेको हिमपातले घरका छानादेखि जमिनसम्म ढाकिएका छन्, हिमपातले यस क्षेत्रमा चिसो एक्कासी बढेको छ, उनले भने ।

साम्दोगाउँ समुद्री सतहदेखि करिब तीन हजार ८७७ मिटरको उचाइमा पर्छ । हिमपातका कारण लार्केपास गर्न हिँडेका पर्यटक रोकिएका छन् । स्थानीयवासीलाई घरबाहिर निस्कन कठिन भएको छ । हिमपातसँगै पर्यटक होटलमा आश्रय लिएर बसेको अध्यक्ष लामाले बताए । लार्केपास पदमार्ग पूरै हिउँले ढाकेको छ ।रासस

 


Thali Mobile Pvt.Ltd.