भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

अमेरिकामा कोरोना विरुद्ध इबोलाकाे औषधि प्रयोग गर्न अनुमति

अमेरिकामा कोरोना विरुद्ध इबोलाकाे औषधि प्रयोग गर्न अनुमति

२१ बैशाख २०७७ काठमाडाैं । कोरोना भाइरस (कोभिड १९) विरुद्ध अमेरिकाले औषधि प्रयोगको अनुमति दिएको छ । कोरोना संक्रमण भएका विरामीका लागि रेमडेसिविर औषधि प्रयोग गर्न अनुमति दिएको हो ।

यसअघि मलेरियाको औषधि प्रयोग गरेको अमेरिकाले असफलता हात पारेको थियो । रेमडेसिविर इबोलाका रोगीको उपचारका लागि प्रयोग गरिँदै आएको औषधि थियो । यो औषधि प्रयोग गरिएता पनि विज्ञहरूले कोरोना विरामीलाई पूर्ण रूपमा निको हुनेमा आशंका गरेका छन् ।

यो औषधिले कोरोनाका विरामीहरुलाई निको हुन मदत गरेमा अन्य देशहरुले पनि फाइदा लिन सक्ने अमेरिकाकाे जिकिर छ ।

 


Thali Mobile Pvt.Ltd.