भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

‘चीनसंग निहुँ खोज्दै अमेरिका’

‘चीनसंग निहुँ खोज्दै अमेरिका’

काठमाडौं । चीनको सैन्य युद्धपोतबाट सैन्य ग्रेडको लेजर प्रहार भएको अमेरिकी जलसेनाले आरोप लगाएको छ । गत हप्ता भएको यस घटनालाई अमेरिकी जलसेनाले ‘असुरक्षीत र अव्यवसायिक’ को संज्ञा समेत दिएको छ ।

बिहीबार एक वक्तव्य जारी गर्दै अमेरिकी जलसेनाले आफ्नो पी–८ सर्भेलेन्स विमानमाथि लेजर खसाएको आरोप लगाएको हो । ‘जनगणतन्त्र चीनको नेभी डिस्ट्रोयरको हर्कत असुरक्षीत र अव्यवसायिक थियो,’ अमेरिकी जल सेनाले आफ्नो वक्तव्यमा भनेको छ ।

सैन्य ग्रेडको लेजर बिमले शक्तिशाली प्रकाशको सृजना गरेर लामो दुरीसम्मको यात्रा गर्न सक्ने र यसले विमानको ककपिटलाई उज्यालो बनाएर पाइलटलाई केही बेर ‘दृष्टिविहीन’ बनाइदिने जानकारहरु बताउछन् । अमेरिकाले औपचारिक कुटनीतिक विरोध ‘डिमार्के’ पनि जारी गर्न सक्ने रक्षा मन्त्रालयले जनाएको छ ।

सन् २०१८ मा जिवुटीमा अमेरिकी सी–१३०जे विमानमा यस्तै घटना भएको र सो घटनामा अमेरिकाले कुटनीतिक विरोध जनाएको थियो । साउथ चाइना सीमा अमेरिका र चीनबीच लामो समयदेखि तनाव चलिरहेको छ । यो घटनामा संलग्नताका बारेमा चीनको धारणा सार्वजनिक भएको छैन । चीनसंग अमेरिकाले निहुँ खोजिरहेको विष्लेशकहरुले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.