भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

जथाभावी रुपैयाँ फालेको आरोपमा दुई महिला पक्राउ

जथाभावी रुपैयाँ फालेको आरोपमा दुई महिला पक्राउ

काठमाडौं,बैशाख ६ । धनुषा प्रहरीले दुईजना महिलालाई पक्राउ गरेको छ । जनकपुरमा लुकीछिपी जथाभावी पैसा फालेर भागेको आरोपमा प्रहरीले दुई जना महिलालाई जनकपुरबाट पक्राउ गरेको हो ।

दुईजना महिलाले शुक्रबार जनकपुरधामको पेठीया बजार जाने सडकमा रु १० को दर्जनौं नोट फालेर भागेका थिए । पक्राउ पर्ने दुवै महिला जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ बस्नेहरु रहेको जनाइएको छ । रुपैयाँ किन फालेको भन्ने बारे प्रश्न गर्दा समेत ती महिलाहरु जवाफ नदिएर भागेकाले घटना झन रहस्यमय बनेको थियो ।

उनीहरु दुबै जना महिलालाई जानकी मन्दिर नजिकैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । पक्राउ परेका महिलाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.