भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

जर्मनीमा नेपालीको अवस्था सामान्य

जर्मनीमा नेपालीको अवस्था सामान्य

काठमाडाैं । जर्मनीमा नेपालीको अवस्था सामान्य रहेको वर्लिनबाट गैर आवासीय नेपाली संघ (एनआरएनए)का सचिव राजेश सुनारले बताएका छन् । कोरोना पीडित राष्ट्रमध्य चौथो राष्ट्र जर्मनी भएको भन्दै उनले अन्य देश जस्तो लकडाउनको अवस्था नरहेको बताए ।

जर्मनीमा वस्ने नेपाली अवस्था राम्रै रहेको जानकारी दिदै कैलाश खबरसंगको कुराकानीमा एक जना नेपालीमा कोरोना संक्रमण भएको र अहिले निको भैसकेको बताए । नेपाली दुतावाससंग एनआरएनएको समन्वय कस्तो छ भन्ने प्रश्नको जवाफमा उनले दुतावाससंग समन्वय गरेर कोरोना संक्रमण फैलन नदिन नेपालीहरुको उद्धार राहतका बारेमा छलफल भएको बताए ।

नेपाल सरकारलाई पनि सहयोग गर्ने विषयमा छलफमा जुटेको जानकारी दिदै जर्मन सरकारले नेपालीलाई समान व्यवहार गरेको बताए । होटेल, रेष्टुरेन्ट बन्द रहेकाले राहत प्याकेज पनि ल्याएको जानकारी दिए । कोरोना भाइरसको सन्त्रास संसारभर भएकाले नआत्तिन आग्रह गरे ।

कास्कीको पोखरामा घर परिवारलाई सजक रहन सुझाव दिदै नेपाल सरकारले गरेको लकडाउनलाई घरमै बसेर सहयोग गर्न नेपालीहरुलाई आग्रह गरे । जर्मनीबाट प्रत्यक्ष जानकारी दिन आज दिउसो ३ बजे कैलाश खबरको विशेष प्रतुतिमा जोडिने कुरा पनि जानकारी दिएका छन् । थप जानकारीका लागि दिउसो ३ः०० बजे www.kailashkhabar.com हेर्न आग्रह गरे ।

 


Thali Mobile Pvt.Ltd.