भर्खरै : Sorry, your browser does not support inline SVG.

नेपालमा ३६ जना कोरोना संक्रमित थपिएसंगै संक्रमितको संख्या ५८४ पुग्यो (भिडियो सहित)

नेपालमा ३६ जना कोरोना संक्रमित थपिएसंगै संक्रमितको संख्या ५८४ पुग्यो (भिडियो सहित)

१० जेठ २०७७, काठमाडौं । नेपालमा ३६ जना कोरोना संक्रमित थपिएसंगै संक्रमितको संख्या ५८४ पुगेको छ । बाँकेका २७ जना, बैतडीका ४ जना, बर्दियाका १ जना झापाका १ जना र सुर्खेतका ३ जना नयाँ संक्रमित रहेका छन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको परीक्षणमा बाँके नरैनापुरका २७ जनामा कोरोना पोजेटिभ देखिएको हो । नरैनापुरको मदरसाका १७ देखि ३२ वर्ष उमेर समूहका ६ जना, नरैनापुर ३, राष्ट्रिय प्रावि गेगलीमा गरिएको नमुना संकलनमा १६ देखि ३२ उमेर समूहका १५ जनामा पोजेटिभ देखिएको हो ।

यस्तै, नरैनापुर कै १ मा २२ देखि ५० वर्ष उमेर समूहका ६ जनामा पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

भिडियो…

https://www.facebook.com/Kailashkhabarnews/videos/2640032989656173/

सेती प्रादेशिक अस्पतालको परीक्षणमा बैतडीको शिवनाथ गाउँपालिकाका ४ जनामा संक्रमण पोजेटिभ देखिएको छ । २० वर्षका २ जना, २२ र २७ वर्षिय पुरुषमा संक्रमण देखिएको हो । यसैगरी, कोसी अस्पतालमा उपचाररत झापा गाउँपालिका झापाका ३३ वर्षिय पुरुषमा पनि संक्रमण देखिएको छ ।

सुर्खेतमा २ पुरुष र १ महिला गरी ३ जना र बर्दियामा १९ वर्षिय पुरुषमा संक्रणम देखिएको डा. विकास देवकोटाले बताए। पिसिआरबाट मात्रै करिब ५५ हजार परीक्षण शनिबारसम्म पीसीआर विधिबाट ४५ हजार ९ सय ५७ जनाको नमुना परीक्षण भएको छ ।

 


Thali Mobile Pvt.Ltd.