भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

‘COVID-19’ : परिवारले शव हेर्न पाउने तर छुन नपाउने कस्तो विडम्वना !

‘COVID-19’ : परिवारले शव हेर्न पाउने तर छुन नपाउने कस्तो विडम्वना !

३ जेठ २०७७ काठमाडौं । कोरोना भाइरसकै संक्रमणका कारण मृत्यु भएमा उक्त व्यक्तिको परिवार तथा आफन्तले मृतकको शव छुन नपाउने भएका छन् ।

छुन त परकाे कुरा हेर्न पनि एक मिटरकाे दुरी कायम राखेर परबाट मात्रै हेर्न पाउनेछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको शव व्यवस्थापनसम्बन्धी कार्यविधिले यस्तो व्यवस्था गरेकाे छ ।

व्यक्तिको धर्मअनुसार परिवारले नछोइकन अन्त्येष्टि गर्न पाउने व्यवस्था भने गरिएकाे छ । काेराेना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा विशेष सावधानी अपनाउनुपर्ने भएकाले यस्ताे व्यवस्था गरिएकाे हाे ।

६० वर्षभन्दा माथि र दीर्घरोगी बिरामीले भने शवको नजिक जानसमेत रोक लगाइएकाे छ । शवको सदगद गर्दा विशेष सवाधानी सहित अन्तिम संस्कार गर्न लैजाने क्रममा अस्पतालका कर्मचारी, एम्बुलेन्सका कर्मचारी, सदगद गर्ने व्यक्तिहरु र सहभागीले पिपिई अनिवार्य प्रयोग गर्नुपर्ने छ ।

सामान्यता पोष्टमार्टम गर्न नपर्ने र गर्नै परे मृतकको फोक्सो तथा अन्य अंगहरुमा जीवाणु जिउँदै हुन सक्ने भएकाले विशेष होसियारी अपनाउन समेत विज्ञहरुले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.