भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक | मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन | ‘कर हटाउने होइन, विकल्प पनि देखाउनुस्’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले | निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको छलफल : समस्या समाधान र लगानी वातावरण सुधारमा सरकार प्रतिबद्ध | सरकारी खाता बन्द, अन्तिम दिन भुक्तानीको उच्च चाप | राहदानी विभाग अगाडि एक पुरुषको आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार हुँदै | नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर |

‘COVID-19’ : परिवारले शव हेर्न पाउने तर छुन नपाउने कस्तो विडम्वना !

‘COVID-19’ : परिवारले शव हेर्न पाउने तर छुन नपाउने कस्तो विडम्वना !

३ जेठ २०७७ काठमाडौं । कोरोना भाइरसकै संक्रमणका कारण मृत्यु भएमा उक्त व्यक्तिको परिवार तथा आफन्तले मृतकको शव छुन नपाउने भएका छन् ।

छुन त परकाे कुरा हेर्न पनि एक मिटरकाे दुरी कायम राखेर परबाट मात्रै हेर्न पाउनेछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको शव व्यवस्थापनसम्बन्धी कार्यविधिले यस्तो व्यवस्था गरेकाे छ ।

व्यक्तिको धर्मअनुसार परिवारले नछोइकन अन्त्येष्टि गर्न पाउने व्यवस्था भने गरिएकाे छ । काेराेना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा विशेष सावधानी अपनाउनुपर्ने भएकाले यस्ताे व्यवस्था गरिएकाे हाे ।

६० वर्षभन्दा माथि र दीर्घरोगी बिरामीले भने शवको नजिक जानसमेत रोक लगाइएकाे छ । शवको सदगद गर्दा विशेष सवाधानी सहित अन्तिम संस्कार गर्न लैजाने क्रममा अस्पतालका कर्मचारी, एम्बुलेन्सका कर्मचारी, सदगद गर्ने व्यक्तिहरु र सहभागीले पिपिई अनिवार्य प्रयोग गर्नुपर्ने छ ।

सामान्यता पोष्टमार्टम गर्न नपर्ने र गर्नै परे मृतकको फोक्सो तथा अन्य अंगहरुमा जीवाणु जिउँदै हुन सक्ने भएकाले विशेष होसियारी अपनाउन समेत विज्ञहरुले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.