भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

पुटिनसँग मोदीको भेटवार्तालाई जेलेन्स्कीले के भने ?

पुटिनसँग मोदीको भेटवार्तालाई जेलेन्स्कीले के भने ?

किभ । सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा भेटवार्ता गरेका थिए । यस भेटघाटलाई युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निकै निराशाजनक बताएका छन् । यसलाई उनले शान्ति प्रयासमा विध्वंसकारी झट्का समेत भनेका छन् । रुसले किभमा रहेको बाल अस्पतालमाथि आक्रमण गरेर ध्वस्त पारेकै दिन दुईबिच भेटघाट भएको थियो ।

मस्को बाहिर नोभो–ओगार्योभोमा रहेको पुटिनको भवनमा मोदीले पुटिनलाई भेटेका थिए । दुई नेताबिच भेटघाट चलिरहँदा ९०० किमी पर युक्रेनी सहरहरूमा रुसी मिसाइल आक्रमणमा परेर कम्तीमा ३७ जनाको मृत्यु भएको थियो ।

यस आक्रमणमा अरू १७० जना घाइते भएका थिए । मोदी यतिबेला तीन दिने रुस–अस्ट्रिया भ्रमणमा छन् । मोदीको यो पाँच वर्षयताको पहिलो रुस भ्रमण हो । मोदी र पुटिन एक अर्कालाई अङ्कमाल गरेपछि चिया पिएर गफगाफ गरेको, विद्युतीय सवारी साधन चढेको र घोडा दौड प्रतियोगिता हेरेको भेटघाटपछि बाहिरिएका तस्बिरले देखाएका थिए ।

विश्वको सबैभन्दा ठुलो लोकतान्त्रिक देश भारतको शीर्ष नेताले विश्वको सबैभन्दा रक्तपिपासु अपराधीलाई मस्कोमा यस्तो दिनमा भेट्नु निकै निराशाजनक भएको र यसले शान्ति प्रयासमा ठुलो धक्का पुर्‍याएको भन्दै जेलेन्स्कीले सोमबार माइक्रो ब्लगिङ वेबसाइट एक्समा एउटा पोस्ट गरेका थिए ।

मंगलबार मस्कोमा भारतीय समुदायहरूलाई सम्बोधन गर्ने क्रममा मोदीले सोमबार युक्रेनी शहरमा भएको आक्रमणबारे चुँक्क बोलेनन् । बरु उनले रुसको दुई वटा सहरहरू येकातेरिन्बर्ग र काजानमा नयाँ वाणिज्यदूताबास खोल्ने घोषणा गरे । रुसमा तापमान माइनसमै रहेपनि रुस र भारतबिचको मित्रता सधैँ प्लसमा हुने उनले बताएका थिए । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.