भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

पोखरीमा राखेका गमला फुटाउने दुईजना प्रहरीको नियन्त्रणमा

पोखरीमा राखेका गमला फुटाउने दुईजना प्रहरीको नियन्त्रणमा

भक्तपुर । केहि समय पहिले दरवार क्षेत्र, दत्तात्रय र नःपुखु क्षेत्रमा राखिएका आकर्षक गमलाहरु फुटाउने दुई जना उच्छृङ्खल व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लगेको छ । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका वडा नं. ७ का रिजन लागे र वडा नं. १० का रमेश सुवाल रहेको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक सविन प्रधानले बताए ।

पछिल्लो समय (राति ११ बजेर ४० मिनेटको समय)मा ती व्यक्तिहरुले मादक पदार्थ सेवन गरी अपशव्द प्रयोग गर्दै गमला फुटाएको सीसी क्यामेरा फुटेजको आधारमा प्रहरीले पक्राउ गरेको हो । उच्छृङ्खल गतिविधिमा संलग्न ती व्यक्तिलाई नगरपालिकाले कार्वाहीको दायरामा समेत ल्याएको भक्तपुर नगरले बताएको छ ।

आफ्ना सन्ततिबाट गल्ती भएको स्वीकार गर्दै परिवारले सन्तानहरुको गलत व्यवहार सच्याउन आफूहरु कटिवद्ध रहेको र अब त्यस्ता गतिविधिमा संलग्न हुनै नदिने वचन बद्धता समेत गरेका छन् । नगरपालिकाले नगरको सम्पदा क्षेत्रमा हरियाली व्यवस्थापन गर्ने उद्देश्यले दरवार क्षेत्र, दत्तात्रय, नःपुखुलगायतका विभिन्न स्थानमा विरुवासहित गमलाहरु राखेको थियो ।

पोखरी र सम्पदाको आकर्षणका लागि गमला राखेपछि स्थानीय वासिन्दा तथा पर्यटकहरु खुसी हुदै नगरको सकारात्मक कार्यप्रति धन्यवाद समेत दिएका थिए । सम्पदा क्षेत्रमा हरियाली देख्न पाउँदा खुशी लागेको भन्दै स्थानीयले पुरानो नगरको उपयुक्त स्थानमा सानै भए पनि बगैंचा बनाउनु पर्ने र केही पिच सडकको दायाँबायाँ पेटीमा वृक्षारोपण गर्नुपर्ने सुझाव दिएका थिए ।

 


Thali Mobile Pvt.Ltd.