भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

मस्तिष्क पक्षाघात स्वावलम्बन समुहलालाई एभरेष्ट बैंकले दियो गाडी

मस्तिष्क पक्षाघात स्वावलम्बन समुहलालाई एभरेष्ट बैंकले दियो गाडी

काठमाडौं । एभरेष्ट बैंकले मस्तिष्क पक्षाघात स्वावलम्बन समुह नेपाललाई गाडी हस्तान्तरण गरेको छ । विद्यालय प्रयोजनकालागि उक्त गाडी हस्तान्तरण गरिएको हो ।

बैंककाे संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत (CSR) कार्यक्रम का अध्यक्ष डा. बालगाेपाल बैद्य, बैंकका CEO तथा (CSR) सदस्य गजेन्द्र कुमार न्यागी, सृष्टि जाेशी माली लगाएत अन्य पदाधिकारी द्वारा गाडी हस्तान्तरण गरिएकाे हाे ।

भक्तपुर सूर्यविनायक वडा नं. ४ स्थित चित्रपुर स्याहार केन्द्रकालागि उक्त गाडी दिइएकाे मस्तिष्क पक्षाघात स्वावलम्बन समुह नेपालकी सल्लाहकार डा. चन्द्रलेखा तुलाधरले बताइन् ।

बैंकले स्थापना कालदेखिनै स्वास्थ्य, शिक्षा, तथा वातावरणिय संरक्षणका क्षेत्रमा सहयाेग गरिरहेकाे छ । सामाजिक क्षेत्रमा सहयाेग गर्न विभिन्न च्यारिटी गर्दै आईरहेकाे पनि एभरेष्ट बैंकका मार्केटिङ अधिकृत प्रभात गुरागाईंले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.