भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

मास्क लुकाएको वा महँगोमा बेचेको भेटिए कल गर्नुस् ११३७ मा

मास्क लुकाएको वा महँगोमा बेचेको भेटिए कल गर्नुस् ११३७ मा

काठमाण्डौ । मेडिकल पर्शन वा व्यापारीले मास्क (मुखावरण) लुकाएको वा महँगोमा बेचेको पाइएमा तुरुन्त ११३७ नम्बरमा फोन गर्न सरकारले आग्रह गरेको छ । बजारमा मास्क नपाइने र पाइए पनि महँगो पर्ने गुनासो निकै बढेपछि पैसा नलाग्ने फोन नम्बर ११३७ मा खबर गर्न वा वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा जानकारी गराउन आग्रह गरिएको छ ।

त्यस्तो भेटिए वा उजुरीको आधारमा अनुगमन गरी दोषी पाइए तीन लाख रुपैयाँसम्म जरिबाना गर्ने र मुद्दा चलाउने विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले बताए । बजारमा अनुगममा मास्क लुकाएको वा बढी मूल्यमा बेचेको पाइए कारबाही गर्न थालिसकिएको उनले जानकारी दिए । मास्क लुकाए र महंगोमा बेचेको भन्दै काठमाडौंको क्षेत्रपाटीमा रहेको नेपाल केयर सर्जिकल सप्लायर्सलाई दुई लाख रुपैयाँ जरिबाना तिराएको विभागले जानकारी दिएको छ ।

बिलबिना नै महँगोमा मास्क बेच्ने त्रिपुरेश्वरको स्वस्तिक सर्जिकल सप्लायर्सलाई पनि २० हजार, सचिन ट्रेड कन्सर्न, त्रिपुरेश्वरको खनाल सर्जरी सप्लायर्स, अर्चना सर्जिकल र फिस्टेल सर्जिकललाई जरिबाना तिराएको महानिर्देशक सुवेदीले बताए । विभागले बजार अनुगमनलाई पनि तीब्रता दिईरहेको छ । यता कच्चा पदार्थ आपूर्तिमा सम्भावित अभाव हुन नदिन सरकारले सम्बन्धित निकायसँग छलफल गर्ने जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.