भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

लकडाउन कडाईमा दैलेखको भूमिका (भिडियाे LIVE)

लकडाउन कडाईमा दैलेखको भूमिका (भिडियाे LIVE)

दैलेख । दैलेखमा लकडाउनको राम्रो पालना गरिएको उद्योग बाणिज्य संघ दैलेखका अध्यक्ष कुलबहादुर विश्वकर्माले बताएका छन् । सरकाले गरेको लकडाउन कोरोना नियन्त्रणका लागि उत्तम विकल्प भएको भन्दै दैलेख सदरमुममा यसको पालना कडाईका साथ गरिएको बताए ।

प्रदेश सरकार, स्थानीय सरकारले राहत वितरण पनि गरिरहेको भन्दै लकडाउनको अवस्थामा असहाय, गरिव, विपन्नलाई विशेष प्राथमिक्तामा राखेर वितरण गरिएको जानकारी दिए । नारायण गरपालिकाले नगरपालिकाका सबै वडामा राहत वितरण गरिरहेको जानकारी दिदै राहत वितरणमा वडा अध्यक्षहरुबाट केही विभेद भयो भन्ने कुरा सुन्नमा आएको जिकिर गरे ।

दैलेखमा प्रदेश सरकारको समन्वय र स्थानीय सरकारको संयोजनमा राहत वितरण भैरहेको छ । नीजी क्षेत्रले आफ्नै किसिमले राहत वितरण गरिरहेको छ । उद्योग बाणिज्यसंले पनि राहतलाई प्राथमिक्ता दिएको छ । खातामा रहेको ५० हजारको राहत सहयोग लगाउने भन्दै बजार, टोल र चोकमा सावुन पानीले हात धुने व्यवस्ता मिलाएको बताए ।

भारतबाट धेरै नेपाली दैलेखमा भित्रिएकाले उनीहरुलाई क्वारेन्टीनको व्यवस्थापन गरिएको बताए । कोरोनाको संक्रमण बढने सम्भावना धेरै रहेकाले उच्च सर्तकतामा ध्यान दिदै प्रदेश सांसदले पनि औषधी र राहत वितरण गरिरहेको बताए ।

थप जानकारीका लागि हेर्नुहोस लाईभ

https://www.facebook.com/Kailashkhabarnews/videos/229179194988561/

 


Thali Mobile Pvt.Ltd.