भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीमा बेपत्ता २ हजार २९४ जनाको यकिन सूची सार्वजनिक | गौतमबुद्ध विमानस्थल चाँडै पूर्ण क्षमतामा सञ्चालन हुन्छ : सांसद अग्रवाल | सङ्क्रमणकालीन न्यायलाई प्राथमिकता दिन र दुवै आयोगमा पदाधिकारी नियुक्त गर्न राष्ट्रसंघको आग्रह | कर्णालीका मुख्यमन्त्री शाहीले सार्वजनिक गरे सय दिनका उपलब्धि | सेवा प्रवाह सहज बनाउन प्रदेश र स्थानीय तहमा थप कर्मचारी खटाइने | अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकनलाई धक्का, नर्थ क्यारोलाइनामा डेमोक्रेटको जित | विद्यार्थी राजनीतिदेखि जापानको संयोजकसम्म : रेशमकुमार डंगोलको संघर्षपूर्ण यात्रा | जुम्लाको दुर्गम गाउँदेखि विद्यावारिधिसम्म : एलपी देवकोटाको प्रेरणादायी कथा |

विद्यार्थी पक्राउ गरेको घटनाप्रति नेक्राविसंघको निन्दा, रिहा गर्न माग

विद्यार्थी पक्राउ गरेको घटनाप्रति नेक्राविसंघको निन्दा, रिहा गर्न माग

३० बैशाख २०७७ काठमाडाैं । कोरोना भाइरसबाट विश्व आक्रान्त भइरहेको बेला भारतले नेपाली भूमि गुन्जी–लिपुलेकमा निर्माण गरेको सडकको विरोधमा उत्रिएका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपालमजदुर किसान पार्टी निकट जनवर्गिय संगठन देशव्यापी आन्दोलनमा उत्रिएका बेला प्रहरीले हस्तक्ष गरेको हो । यसैक्रममा नेमकिपा किर्तिपुरनगर समितिले आयोजना गरेको शान्तिपूर्ण जुलुशबाट नेक्राविसंघ केन्द्रीय सदस्य हृदय दाहाल, जगत अधिकारी, युवराज विक्रम शाही र दिपक अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।

देशको सार्वभौमिकता र अखण्डताको पक्षमा भारतीय विस्तारवादका विरुद्धको आन्दोलनमा लागेका विद्यार्थीहरुलाई पक्राउ गर्नु सरकारको नालायकी पन भएको संगठनले ठहर गरेको छ । नेक्राविसंघ केन्द्रीय समितिले उक्त कदमको निन्दा गर्दै विनाशर्त अविलम्ब विद्यार्थीलाई रिहागर्न माग गर्दै विज्ञप्ती जारी  गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.