काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले डाक्टर, नर्स तथा अत्यावश्यक सेवामा खटिएकाहरुको सम्मानमा भोलि (सोमबार) बिहान राष्ट्रिय गान गाउन र ताली बजाउन आग्रह गरेका छन् ।
नयाँ वर्षको पहिलो दिन बिहान आठ बजे घरको छत वा झ्यालबाट राष्ट्रिय गान गाउन आग्रह गरेका हुन । संयुक्त राष्ट्र सङ्घ ग्लोबल कम्प्याक्ट नेपालले अघि सारेको कार्यक्रममा प्रधानमन्त्री ओलीले समर्थन गरेका हुन । ट्विटर मार्फत ‘राष्ट्रिय गान गाऔँ, राष्ट्रिय धुन बजाऔँ ।
ग्लोबल कम्प्याक्ट नेपालको अनुरोध मलाई राम्रो लाग्यो । यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु ।’ प्रधानमन्त्री ओलीले ट्वीट गर्दै सबै यस कार्यक्रममा सामेल हुन आग्रह गरेका हुन् ।

