भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

शरणार्थी शिविरमा संक्रमण भयावह हुनसक्ने विशेषज्ञको चेतावनी

शरणार्थी शिविरमा संक्रमण भयावह हुनसक्ने विशेषज्ञको चेतावनी

२ जेठ २०७७ काठमाडौ । विश्वकै सबैभन्दा ठूलो बांग्लादेशमा रहेको शरणार्थी शिविरमा कोरोना भाइरसको संक्रमण फैलिए भयावह हुने विशेषज्ञहरुले चेतावनी दिएका छन् ।

बर्माबाट विस्थापित रोहिंग्या शरणार्थी रहेको शिविरमा दुई जनामा संक्रमण पुष्टिसंगै विशेषज्ञहरुले भयावह हुनसक्ने चेतावनी दिएका हुन । विशेषज्ञहरुले भनेका छन् बांग्लादेशको सानो क्षेत्रमा १० लाख जनसंख्या रहेको शिविरमा संक्रमण फैलियो भने यसलाई रोक्ने तागत नहुने बताएका छन् ।

पानीको सीमित उपलब्धता, साँघुरा गल्ली, भीडभाड बढि हुने कक्स बजार नजिकैको शिविरमा कोरोना फैलिने मुख्य कारण बन्न सक्ने चेतावनी समेत विशेषज्ञहरुले दिएका छन । कक्स बजारमा प्रति वर्ग किलोमिटर क्षेत्रभित्र ४० देखि ७० हजार मानिसको बसोबास रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.