भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

‘शुल्क वृद्धि’ विरुद्ध अखिल क्रान्तिकारीको चेतावनी

‘शुल्क वृद्धि’ विरुद्ध अखिल क्रान्तिकारीको चेतावनी

दैलेख । परिक्षा शुल्क भन्दै विद्यार्थीबाट उठाईएको रकम तुरुन्त फिर्ता गर्न अखिल क्रान्तिकारी दैलेखले विद्यालयलाई आग्रह गरेको छ । विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठनले शैक्षिक सस्थामा भएको शुल्क वृद्धि विरुद्ध कडा चेतावनी दिदै एक विज्ञप्ती निकालेर विद्यालयलाई यस्तो चेतावनी दिएको हो ।

शैक्षिक माफियाका विरुद्धमा निरन्तर संघर्ष गर्दै आएको भन्दै सो संगठनले यस प्रकारको शुल्क वृद्धिले शिक्षामा आम जनताको पहुँच नपुग्ने बताएको छ । शैक्षिक क्षेत्रमा मौलाउदै गएको व्यापारीकरण र नीजिकरणले माफियालाई नै मलजल गरिरहेको प्रति खेद प्रकट गर्दै अखिल क्रान्तिकारीले नागरिकको मौलिक हक र पहँुचसंग प्रत्यक्ष सम्वन्ध राख्ने शुल्क वृद्धिले शिक्षा कुलीन वर्गको हातमा मात्र निहित रहने बताएको छ ।

यस्ता प्रवृति विरुद्ध सशक्त रुपमा प्रतिवाद गर्दै शुल्कका नाममा उठाइरहेको शुल्कलाई तुरुन्त बन्द गर्ने र उठाएको शुल्क फिर्ता नगरे शैक्षिक आन्दोलनका साथै हड्ताल गर्ने सो संगठनले विज्ञप्तीमार्फत चेतावनी दिएको छ ।
प्रेस विज्ञप्ती

 


Thali Mobile Pvt.Ltd.