भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

सांसदले दिएको सुझाव सम्बोधन हुन्छ–प्रधानमन्त्री? (LIVE)

सांसदले दिएको सुझाव सम्बोधन हुन्छ–प्रधानमन्त्री? (LIVE)

६ जेठ २०७७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सांसदले उठाएको जिज्ञासा र सुझावलाई आवश्यकता अनुसार सम्बोधन गर्ने बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि सांसदले उठाएको प्रश्नको जवाफ दिनेक्रममा प्रधानमन्त्रीले भने, ‘नीति तथा कार्यक्रमको छलफलका क्रममा माननीय सांसदहरुले उठाएका कुरा र जिज्ञासाले मेरो गम्भीर ध्यानाकषर्णण् भएको छ ।

यी विषयलाई आगामी बजेट तथा अन्य कार्यक्रममा समावेश गरिने छ ।’ प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारको प्रयास कोरोनाका कारणले वा कोरोना संक्रमितको अबस्थामा ज्यान गुमाउन नपरोस् भन्ने रहेको दाबी गरेका छन् ।

नेपालमा कोरोनाका कारण दुईजनाको निधन भएको भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीले मृत्यु भएका दुबैजनामा कोरोनाबाहेक अरु कारण समेत रहेको दाबी गरे । उनले विश्व स्वास्थ्य संगठनको प्रावधानअनुसार कोरोना लागेका कसैको अन्य कारणले निधन भएपनि कोरोनाकै कारण निधन भएको मानिने भएका कारण नेपालमा दुईजनाको ज्यान गएको दाबी गरे ।

प्रधानमन्त्रीले संसदमा गरेको सम्बोधन हेर्नुहोस्…

https://www.facebook.com/Kailashkhabarnews/videos/588907825316268/

 

 


Thali Mobile Pvt.Ltd.