ललितपुर । टोलटोलमा अपरिचित व्यक्तिलाई प्रवेश निषेध गर्न स्थानीयवासीहरु सक्रिय भएका छन । कोरोना भाइरस संक्रमणबाट जोगिन टोलका युवाहरु अपरिचित व्यक्तिको प्रवेशमा रोक लगाउन र घरबाहिर निस्किन रोक लगाएका छन् ।
कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउनका लागि घरमै बस्ने उद्देश्यले सरकारले लकडाउन गरेपछि टोल टोलका स्थानीयहरु सफल पार्न यस्तो कार्य गरिरहेका छन् । ललितपुर महानगरपालिका वडा न ७, शितल छाँयाटोल सुधार समितिले अपरिचित व्यक्तिलाई टोल प्रवेशमा रोक लगाएको हाे ।
प्रहरी प्रशासन ग्रामिण टोल भन्दा सहरमा बढी केन्द्रित हुने भएकाले स्थानीय युवाहरु स्वस्र्फुत लकडाउनलाई सफल पार्न सक्रिय भएको टोल सुधार समितिले जनाएको छ ।
गाउँमा कुनैपनि अपरिचित व्यक्तिलाई छिर्न नदिएको, जताबाट आउँछ उतै फर्काउने गरेको, एक टोलका मानिसलाई अर्को टोलमा पनि जान नदिएको समितिको भनाई छ ।
उनीहरुले यतिबेला अपरिचित व्यक्तिलाई टोलमा प्रवेश निषेध लेखिएको सूचना लेखेर ठाँउ ठाँउमा झुण्ड्याएका छन् ।

