१७ बैशाख २०७७ काठमाडौं । बेलैमा सचेत र उपभोग्य सामानहरुमा परनिर्भर हुदा अमेरिकामा कोरोनाले भयावह स्थिति निम्त्याएको समाजसेवी निशा शर्माले बताएकी छन् ।
पर्शनल प्रोटेक्टिभ इक्वीपमेन्ट (PPE) को अभाव भएपछि चिकित्सकहरुमा समेत त्रासको अवस्था रहेको भन्दै भयावह अवस्थालाई देखेर आफैले मास्क उत्पादन गरी अस्पतालहरुमा वितरण गरिरहेको बताएकी छन् ।
आफुलाई चाहिने सामाग्रीहरु सबै चीनबाट मगाउने अमेरिकाले आफ्नै देशमा उत्पादन नगरेकोले यस्तो आवश्यक पर्ने सामान अभाव भएको उनको भनाई छ । आफ्ना साथीहरु चिकित्सक, नर्स भएकाले उपचार गर्दा मास्क समेत नलगाएर गरिरहेको अवस्था देखेर युटुब भिडियो हेर्दै आफुले मास्क उत्पादन गरेर वितरण गरेको बताइन् ।
शर्माले भनिन्, ‘जब साथीहरुलाई भेट्थ्ये उनीहरुका आँखाबाट आँशु झरिरहेको हुन्थ्यो, कमसे कम म आफैले जसरी भएपनि मास्क बनाउनै पर्छ भन्ने भावना आयाे त्यसपछि युटुब हेर्दै मास्क तयार पारेँ ।’
सुविधा सम्पन्न राष्ट्रमा मास्क जस्तो सामान अभाव हुनुले नै बताउँछ यहाँकाे अवस्था कस्तो छ ?भन्ने कुरा । भयावह अवस्था छिटै नियन्त्रण आउन सक्ने भन्ने कुरा अनिश्चित छ । न्यू जर्सी राज्यमा न्यूयोर्क भन्दा काेराेनाकाे संक्रमण केही कम भएको बताइन् ।
पहिले पहिले मास्क लगाउँदा हाँसोको रुपमा हेर्ने यहाँका नागरिकहरु अहिले मास्क अनिवार्य लगाएर हिड्ने गरेका छन् । काममा जाने मानिसको अवस्था झन जटिल हुने भएकाले अहिले घरबाटै काम गरिरहेका छन् ।
एनआरएनएको सदस्य विष्णुमाया परियारसंग भेटेर केही मास्क वितरण अभियान नै चलाएको भन्दै शर्माले कोरोना भाइरस नियन्त्रणका लागि विभिन्न कार्यहरू गरिरहेको कैलाश खबरसंग बताईन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस्…
अमेरिकामा कारोना भाइरसका कारण मृत्यु हुनेको संख्या बढेको छ । यो समाचार तयार पार्दा सम्म ६१ हजार ६ सय ६८ जनाले ज्यान गुमाएको अमेरिकामा संक्रमतिको संख्या १० लाख ६४ हजार ५ सय ३३ रहेको छ । अमेरिकापछि इटालीमा धेरैले ज्यान गुमाएका छन् ।
इटालीमा २७ हजार ६ सय ८२ जनाको मृत्यु भएको छ भने २ लाख ३ हजार पाँच सय ९१ संक्रमित छन् । त्यस्तै स्पेनमा २ लाख ३६ हजार ८ सय ९९ संक्रमित रहेका छन् भने मृतकको संख्या २४ हजार २७५ रहेको छ । बेलायतमा मृतकको संख्या २६ हजार ९७ रहेको छ भने त्यहाँ १ लाख ६५ हजार २२१ जना संक्रमित रहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडाैं, २६ असार ।चीनबाट नेपाल प्रवेश गर्ने लेहेन्दे खोलामा आएको बाढीले रसुवा र नुवाकोटका १० भन्दा बढी जलविद्युत आयोजनामा क्षति पुर्याएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) अनुसार...
भक्तपुर, २६ असार । भक्तपुर नगरपालिकाकाे युवा तथा खेलकुद समितिको आयोजनामा भक्तपुर नगरपालिकाअन्तर्गत विभिन्न खेलकुद प्रशिक्षणमा सहभागी भई यस वर्षको एसईई परीक्षा सफलतापूर्वक उत्तीर्ण गरेका खेलाडीहरूलाई बधाई तथा मार्गदर्शन...
काठमाडौं, २५ असार । लोकप्रिय देउडा शैलीमा आधारित नयाँ गीत “लाली पाउडर लाया जसी” सार्वजनिक भएको छ। गायक रोशन टमट्टा र गायिका संगीत बडुवालको आवाजमा सजिएको गीतले सुदूरपश्चिमको सांस्कृतिक...
काठमाडौँ, २५ असार । बुढानिलकण्ठ नगरपालिका–६ मा मिति २०८२ असार २१ गते शनिबारका दिन निःशुल्क दन्त शिविर सम्पन्न भएको छ। सेवा निवृत्त स्वास्थ्य कर्मचारी समाज नेपाल र एन्जल हेल्थ...