अमेरिकामा रहेका नेपालीहरुको अवस्था जटिल बन्दै :डा. विष्णुमाया परियार, न्यू जर्सी अमेरिका(भिडियाे कुराकानी)

अमेरिकामा रहेका नेपालीहरुको अवस्था जटिल बन्दै :डा. विष्णुमाया परियार, न्यू जर्सी अमेरिका(भिडियाे कुराकानी) image

१२ बैशाख २०७७ काठमाडाैं । अमेरिकामा रहेका नेपालीहरुको अवस्था जटिलबन्दै गएकाले नेपाल सरकारले विशेष ध्यान दिनुपर्ने न्यूजर्सी राज्य अमेरिकाका मेयरका सल्लाहकार डा. विष्णुमाया परियारले बताएकी छन् । कोरोना भाइरसको संक्रमणले भयावह स्थिति पैदा गरेकाले अमेरिकामा औषधि, मास्क, स्यानीटाइजर लगायतका सामाग्री किन्न पनि नपाइने भएकाले यहाँ रहेका विद्यार्थीलाई झन समस्या भएको उनको भनाई छ ।

न्यू जर्सी राज्य सरकारसंग मिलेर समस्या समाधान तर्फ लागेको बताउदै डा. विष्णुमायाले होस्टेलमा बस्ने नेपाली विद्यार्थीको विजोग हुने अवस्था आएको बताइन् । अहिले सम्म आफ्नै खर्चबाट सवै व्यवस्था मिलाई रहेको भन्दै उनले एन आर एनएले समस्या समाधानका लागि महत्वपूर्ण भूमिका खेलेको बताईन । विद्यार्थीहरुले समस्यामा परेका छौं भनेर फोन गरिरहेको उनको भनाई छ ।

आवश्यक सामाग्री किनेर समस्यामा परेकालाई वितरण गरेको भन्दै मेयरको सल्लाहकार डा. विष्णु माया परियारले आप्रवासीहरुलाई समस्या पर्ने त छदैछ, अहिले अमेरिकलाई ट्रम्प सरकारले विशेषरुपमा हेर्ने भनेकाले यहाँ पढ्ने विद्यार्थीलाई नेपाल जान पनि भनिरहेको उनको भनाई छ । यस्तो अवस्थामा नेपाली झन समस्यामा परिरहेका छन् ।
आफु स्थानीय सरकारका मेयरको सल्लाहकार भएको नाताले पनि सरकारसंग विद्यार्थीको एक दुई महिनाको फी मिनाह गर्न आग्रह गरेको बताइन तर मिनाहा हुने नहुने कुरामा सुनुवाई भैनसकेको बताइन् ।

आशा त गरौं तर समय कति लाग्ने भन्नेमा एकिन नभएको उनको भनाई छ । नेपालीहरुलाई समस्या हुन नदिन दुतावासले भुमिका खेलिरहेको छ । उहाँहरुले मिटिङ्ग गरिरहनु भएको छ । चारवटा फोन लाइन सेवाका लागि जारी गरिएको छ । तथ्याङ्क संकलन भैरहेको छ ।  नेपालीहरुमा कामको ठूलो समस्या देखिएको छ । धेरै कम्पनीहरु बन्द भएकाले काम नपाउदा अमेरिकामा रहेका नेपाली झन समस्यामा परेका छन् । बेरोजगार भएर बस्नु यहाँ कठीन हुन्छ ।

रोजगार नहुदा वाँच्न कै समस्या हुने उनको भनाई छ । अमेरिकामा धेरैजसो कोरोना पोजेटिभ देखिएका उभर ड्राइभर छन् । काम पनि बढी यहि चलाउनेको हुन्छ ।  सरकारले १२०० डलर सबैको खातामा राहत स्वरुप हाल्दा थोरै नेपालीले मात्र राहत पाएको तर बहुमत नेपालीले नपाएको उनको गुनासो छ । डेथवडी पनि लान नसकिएको अवस्थाबाट नै समस्या कति जटिल छ भन्ने थाह हुन्छ भन्दै डा. विष्णुमायाले नेपाल सरकारले आफ्ना नागरिक लान पहल गर्नु पर्ने बताइन् ।

नेपाल लग्न नसकिने भए राहतको व्यवस्थाका गर्न आग्रह गरिन् । अरुदेशका सरकारले दुई जना समेतलाई जहाज चार्टर गरी लगिसकेकाले नेपाली यति धेरै हुदा पनि पहल नहुनु दुखद भएको उनको भनाई छ । कन्सुलरसंग वारमवार अपडेट भैरहेको भन्दै लकडाउनका कारण नेपाल जान नपाउने र भिसा अवधि सकिदा पनि नेपाल फर्कन नसकेकाको अमेरिकामा झन विचल्ली भएको उनले भनाई छ ।

कोरोना संक्रमण हुन नदिन सूझाव

कोरोना भाइरसको संक्रमणमा परेर पीडादायी अनभव बटुलेहरुले आफुलाई गेट वले सन भन्नु भन्दा पनि कोठाबाट बाहिर ननिस्कुस भन्ने गरेको भन्दै आफु पनि बच्न र अरुलाई बचाउन दुरी कायम गर्नु पर्ने बताइन् ।

कैलाश खबरसंग कुराकानी गर्दै अमेरिकाको भयावह स्थितिबारे डा. विष्णुमायाले भनिन्,’हस्पीटलमा लाश परेको छ, परिवारले भेट्नै सकिरहेको हुदैन भने यो भन्दा बढी पीडादायी क्षेण अरु के होला ? परान जानलाग्दा पनि परिवारले भेट्न नपाउँदाको पीडा कसरी भन्न सहिने ? त्यसैले घरबाट बाहिर ननिस्कीनु नै उत्तम हो । कसैले पाँच मिनेट अघि खोकेर गएको छ भने पनि त्यहाँ भाइरस जीवित भैरहेको हुन्छ । त्यसैले घरपरिवारमा नै दुरी कायम गरेर बस्नु अति उत्तम हुन्छ ।’

नेपालमा फोक्सोका रोगी धेरै छन् भन्दै उनले विशेषगरी बुढाबुढी र केटाकेटीको हेरचाह गर्नु पर्ने, व्यायाम अनिवार्य गरिराख्ने, फोक्सो बलियो बनाउन निरन्तर फोक्सोको व्यायाम गर्ने, नाकले श्वास लिने र १० सेकेन्ड सम्म रोकेर छाड्ने सुझाव दिईन् । अमेरिकामा मिडियाकर्मीले घरबाटै रिर्पोटिङ्ग गरिरहेको भन्दै नेपाली पत्रकारलाई बाहिर ननिस्केर समाचार संकलनका कार्य घर भित्रैबाट गर्न आग्रह गरिन् । यतिबेला नाम र दामका लागि नभई ज्यान बचाउन लागि नेपाली पत्रकारलाई विशेष अनुरोध गर्छु भन्दै उनले आफु पनि बाँच्ने र अरुलाई पनि बचाउन आग्रह गरिन् ।

नेपाल सरकारले चालेको कदमलाई कडाईका साथ लागु गर्नु एकमात्र विकल्प भएको भन्दै नेपाली दाजुभाईले घरभित्रै बसेर कोरोना विरुद लड्न अनुरोध गरिन् । अमेरिकामा रहेका करिब पाँच सय नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको तथ्याङ्क छ । कोरोना भाइरसको संक्रमणबाट ३ जना नेपालीको मृत्य भएको भन्दै पहिलो नेपालीमूलका अनिल लिम्बूको गत साता न्यू योर्कमा निधन भएको बताईन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) मा पनि आवद्ध डा. विष्णुमायाले अमेरिकामा रहेका नेपालीमा मनोवैज्ञानिक सन्त्रास अत्याधिक रहेको बताइन् ।

नेपालीहरु अमेरिकाको न्यू योर्क, क्यालिफोर्निया, न्यू जर्सी, पेन्सलभेनिया, टेक्सासलगायतका स्थानमा बढी बसोबास गर्दै आएको जानकारी दिइन् । यसैगरी मेरिल्याण्ड, न्यूह्याम्पसायर, कनेक्टिकट, भर्जिनिया, नर्थ क्यारोलिना, कोलोराडो वासिङ्टन इलोनोइजमा पनि बसोबास गर्दै आएका छन् । अमेरिकाको पचासै राज्यमा कोरोना भाइरसको संक्रमण देखिएको छ भने मुख्यरूपमा न्यू योर्क र न्यू जर्सीमा बढी देखिएको । न्यू योर्कमा मात्र करिब ४० हजार नेपाली बसोबास गर्ने गरेको अनौपचारिक तथ्यांक छ ।

अहिले सम्मको तथ्याङ्क हेर्ने हो भने अमेरिकामा ८ लाख ८६ हजार ७०९ जना संक्रमित मध्य ५० हजार २४३ जनाले ज्यान गुमाईसकेका छन् भने ८५ हजार ९२२ जना निको भएर घर फर्किएका छन् । नागरिक अगुवादेखि नेपाली दूतावासका प्रतिनिधि र अमेरिकाका जनप्रतिनिधिसमेत सबैले एकै स्वरमा सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनको मार्गनिर्देशनहरु अक्षरशः पालना गर्न समुदायमा अपिल गरेका छन् । कोरोना नियन्त्रणका प्रयास पनि राज्य राज्यमा त्यसरी नै भैरहेका छन् । बाँकी अंश भिडियो हेर्नुहोस्….

को हुन डा. विष्णुमाया परियार ?

गोरखा जिल्लाको ताक्लुङमा एउटा सामान्य गरिव परिवारमा जन्मिएकी चेली हुन । उनले जीवनमा धेरै आरोह र अवरोह झेल्दै, दुःखै दुःखको संघर्षबाट अहिले डा. विष्णुमाया परियार बन्न सफल भएकी हुन् । घरेलु हिंसामा परेका महिलाहरुको अधिकार, दलितहरुको अधिकार र सामाजिक न्याय तथा मानव अधिकारको क्षेत्रमा विशेष योगदान पु¥याउने एक नेपाली चेली अमेरिकामा रहेका नेपालीकी मात्र होइन अमेरिकनहरुको समेत मुटुको ढुकढुकी बन्न सफल भईन् ।

त्यसैले होला हाल डा. विष्णुमाया परियार न्यू जर्सी सिटीका मेयरकी सल्लाहकार बनेर काम गरिरहेकी छिन् । न्यू जर्सी राज्यको जर्सी सिटी शहरबाट केही समय पहिले डा. विष्णुमाया परियार …वुमन एक्सन अवाड…(महिला कृयाशील पुरस्कार) द्वारा सम्मानित पनि भैसकेकी छन् । डा. परियारको नेतृत्वमा सन् २०१५ र २०१८ मा अमेरिकामा रहेका नेपालीहरूको लागि जर्सी सिटी काउन्सिलबाट टिपिएस रिजोलुसन पास गराउन सफल भएकी थिइन् ।

Dr Busnumaya

सन् सन् २०१७ को जुन ३० तारिख नेपाल र नेपालीको सम्मानको लागि जर्सी सिटी मेयर स्टेभन फुलपबाट अमेरिकी भूमि सिटी हलमा पहिलो पटक नेपाली झण्डा फहराउने ऐतिहासिक झण्डोत्तोलन सम्पन्न गराउन सफल भएकी थिइन् । सिटी हल भवन भित्र नेपालको झण्डा फहराउने जर्सी सिटी पहिलो अमेरिकी शहर हो । त्यसैगरी, जर्सी सिटी मेयर स्टेभन फुलपकी सल्लाहकार तथा दुई शहर बिचकी ईमिसरी (विशेष दूत) को रूपमा नियुक्त डा. विष्णुमाया परियारले नेपाल र नेपालीको पहिचान बन्न सफल भएकी छन् ।

विश्वभरबाट दुई दर्जनभन्दा बढी अन्तराष्ट्रिय पुरस्कारहरूबाट सम्मानित भईसकेकी नेपाली सामाजिक अभियन्ता डा. विष्णुमाया परियारको नाममा अमेरिकाको केन्टकी राज्यको लुईभिल शहरले सन् २०१५ को सेप्टेम्वर २७ लाई ‘डा. विष्णुमाया परियार डे’ घोषणा गरी सम्मान गरेको थियो । विश्व भरका १५५ भन्दा बढी देशहरुका न्यू योर्कमा स्थापित वाणिज्यदूतावासहरुको संगठन ‘सोसाईटी अफ फरेन कनुल्स ईन् न्यू योर्क’ ले विश्व नारी दिवस २०१८ को अवसरमा सत्र देशका नारीहरुसंगै सामाजिक अभियन्ता डा. परियारलाई सम्मानित गरेको थियो ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • यूएई घुम्न गएका नेपाली युवा कसरी पुगे रूसी सेनामा ? image

    यूएई घुम्न गएका नेपाली युवा कसरी पुगे रूसी सेनामा ?

    काठमाडौं । भिजिट भिसामा यूएई घुम्न लगेर नेपाली युवालाई रूसी सेनामा भर्ती गराउने गरेको पाइएको छ । नेपाली नागरिकलाई रुस लैजाने गिरोहका १२ जना पक्राउ परेका छन्। उनीहरुको प्रारम्भिक...

  • विदेशी कैदीबन्दीले भरियो केन्द्रीय कारागार image

    विदेशी कैदीबन्दीले भरियो केन्द्रीय कारागार

    काठमाडौं । सबैभन्दा ठूलो र पुरानो केन्द्रीय कारागार सुन्धारामा विदेशी कैदीबन्दीले भरिएको छ । २६१ विदेशी कैदीबन्दी रहेको केन्द्रीय कारागारमा विभिन्न मुलुकबाट नेपाल आएर आपराधिक क्रियाकलापमा संलग्न रहेका थिए...

  • लेखा समितिमा आज एनसेल बिक्रीबारे छलफल image

    लेखा समितिमा आज एनसेल बिक्रीबारे छलफल

    काठमाडौँ । सार्वजनिक लेखा समितिले एनसेलको शेयर खरिद बिक्रीबारे आज छलफल गर्ने भएको छ । समितिको बैठक दिउँसो २ बजे बोलाइएको छ । एनसेलको ८० प्रतिशत शेयर खरिद बिक्री...

  • गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना image

    गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना

    काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना भएका छन् । नियमित उपचारका लागि राति शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीमा भर्ना भएको गृह मन्त्रालयले जनाएको छ ।...

Prem Durbar Hotel and Nagarkot Zipline ResorthotelghyampedandaHotel City Gaon