भर्खरै : Sorry, your browser does not support inline SVG.
काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | ब्रोड पिकमा शव उद्धार प्रयास जारी, क्याम्प–१ हुँदै जापानी क्याम्पबाट हेलिकोप्टर उद्धारको योजना | सरकारको पाक्षिक तलब योजना कार्यान्वयनमै रोकियो, पहिलो महिनामै कर्मचारी निराश | सेउटामा आप्रवासी सङ्कटपछि ईयूको आपतकालीन बैठक, स्पेन–मोरक्को सीमा संकटबारे छलफल | अमेरिका जान नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने, नयाँ ‘भिसा बन्ड’ नियम लागू | बूढानीलकण्ठमा प्रहरीको गोली प्रहारपछि कर्मा तामाङ पक्राउ, खुकुरीसहित प्रहरीमाथि आक्रमणको प्रयास | १३ बुँदे सहमतिपछि गृहमन्त्री गुरुङको अपिल : अब द्वन्द्व होइन, मेलमिलाप चाहिन्छ | भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग |

कोरोना भाइरसका कारण मृत्यु भएमा स्वास्थ्यकर्मीका परिवारलाई पाँचलाख राहत दिने आठबीस नगरको घाेषणा

कोरोना भाइरसका कारण मृत्यु भएमा स्वास्थ्यकर्मीका परिवारलाई पाँचलाख राहत दिने आठबीस नगरको घाेषणा

१२ बैशाख २०७७ काठमाडाैं । लकडाउन अवधिमा क्वारेन्टीनको अनुगमन, राहत र आउनसक्ने चुनौतीको सामना गर्ने योजना बनाएर जनचेतनाका कार्य अगाडि बढाईरहेको आठबीस नगरापालिका दैलेखका मेयर खड्गराज उपाध्यायले बताएका छन् । स्वयम सेवक परिचालन गरेर वास्तविक समस्यामा परेका नगरवासीलाई राहत दिने व्यवस्था मिलाएको भन्दै मेयर उपाध्यायले अति विपन्नलाई राहतमा पहिलो प्राथमिक्ता दिएको बताए ।

कैलाश खबरको विशेष टकमा कुरागर्दै मेयर उपाध्यायले कुनै पनि स्वास्थ्यकर्मीको कारोनाका कारणले मृत्यु भएमा तीनका परिवारलाई पाँच लाख रकम राहत उपलब्ध गराउने बताए । अहिले १ हजार २०६ जनालाई राहत वितरण गर्न लागिएको भन्दै भारतमा रोजगारीका लागि गएका र फर्किएकाहरुको लागि क्वारेन्टीनमा राखेर स्वाव परिक्षणको रिपोर्टपछि मात्र घर पठाउने व्यवस्था मिलाएको बताए ।

खेतियोग्य जग्गा बाँझो राख्ने मानिसलाई नगरपालिकाबाट पाउने सेवा सुविधा नदिने भन्दै उनले नगरवासीलाई बाँझो जग्गामा खेती गर्न अनुरोध गरेको बताए । कृषिक्षेत्रमा विशेष अनुदान मिलाएर भएपनि आत्मनिर्भर बन्न किसानलाई हौस्याएको बताए । सम्भावित चुनौती र अवस्था जटिल बन्न नदिन प्रदेश सरकार, विशेष गरी कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीसंग कुराकानी गरेर नगरपालिका अघि बढिरहेको बताए ।

बाँकी भिडियोबाट…

https://www.facebook.com/Kailashkhabarnews/videos/289538745370347/

 

 


Thali Mobile Pvt.Ltd.