२ जेठ २०७७ काठमाडौं । उत्पादकत्व वृद्धि गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले खेर गइरहेको जमिनलाई प्रयोगमा ल्याउन अभियान सञ्चालन गर्ने सरकारले नीति लिएको बताएकी छिन् ।
संघिय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले १० वर्षमा उत्पादन दोब्बर गर्नका लागि व्यवसायीककरण र आधुनिकीकरणमा जोड दिने बताइन् । उनले मुलुक कोरोना भाइरसको चपेटामा परेको कारणले विकास गतिमा धक्का पुगेको जिकिर गरिन् ।
आर्थिक सुधारका लागि कृषि उत्पादनमा जोड दिनुपर्ने भन्दै उनले वेरोजगारीलाई रोक्नका लागि व्यवसायीक कृषि र उत्पादन मुलक सेवाका कार्यक्रम परिचलान गर्ने बताइन् । खेर गएको जमिनलाई उपयोगमा ल्याउने बताउँदै उनले रासायनिक मल र उन्नत बीउको वितरण तथा सिंचाई क्षेत्रको पनि विस्तार गर्ने बताइन् ।
धान, मकै आलु लगायतको उत्पादनमा वृद्धि भएको बताउँदै उनले अगामी आर्थिक वर्षमा थप आधुनिकीकरण, व्यवसायीककरण र यान्त्रिककरणमा जोड दिई उत्पादनमा जोड दिइने बताइन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैतडी, ९ जेठ । बैतडी जिल्लाको खलङ्गा क्षेत्रलाई केन्द्रबिन्दु बनाएर शुक्रबार बिहान दुईपटक भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पहिलो भूकम्प बिहान...
काठमाडौँ, ९ जेठ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले समाजमा अहिले व्याप्त रहेको नकारात्मक सोच र विचारले समाज र देश नबन्ने बताएकी छिन् । नेपाली जनसम्पर्क समिति जापानद्वारा टोकियोमा...
भक्तपुर, जेष्ठ । सूर्यविनायक नगरपालिका वडा नं ७ मा पुष्पखेती प्रवर्द्धन कार्यक्रम अन्तर्गत सयपत्री फूलको बेर्ना वितरण कार्यक्रम सम्पन्न भएको छ। आ.व. २०८१/०८२ मा स्वीकृत योजनाअन्तर्गत सञ्चालन भएको कार्यक्रम...
भक्तपुर, ८ जेष्ठ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुर नगरपालिकाद्वारा निर्माणाधीन अरनिको सभाभवन, थन्थु दरबार, र हाडा छेँ पुनःनिर्माण स्थलहरूको स्थलगत निरीक्षण...