उदयपुरमा थप एकजनासंगै नेपालमा कोरोना संक्रमितको संख्या ३२ पुग्यो

उदयपुरमा थप एकजनासंगै नेपालमा कोरोना संक्रमितको संख्या ३२ पुग्यो image

९ बैशाख २०७७ काठमाडौं । उदयपुरको मस्जिदका थप एकजनालाई कोरोना संक्रमित भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ३२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा उदयपुरको त्रियुगा नगरपालिका(३ भुल्केस्थित मस्जिदकै अर्का एकजना ३८ वर्षीय पुरुषलाई कोरोना संक्रमण भएको पुष्टि भएको हो।

मस्जिदमा रहेका १३ जनालाई यसअघि कोरोना भएको पुष्टी भएको थियो । सो मस्जिदमा १२ भारतीय र ४ जना नेपाली बसेका थिए । चारजना निको भएर घर फर्किएका छन् भने अहिले विभिन्‍न अस्पतालमा २७ जना बिरामीको उपचार भइरहेको छ । टेकु अस्पतालबाट दुईजना, बागलुङस्थित धौलागिरि अस्पतालबाट एकजना र कैलालीस्थित सेती अस्पतालबाट एकजना उपचार गरेर घर फर्किसकेका छन् ।

अहिले टेकु अस्पतालमा एकजना, पर्सास्थित नारायणी क्षेत्रीय अस्पतालमा ४ जना, बागलुङको धौलागिरि अस्पतालमा अस्पतालमा १ जना, सेती अस्पतालमा चारजना, विराटनगरस्थित कोरोना अस्पतालमा १३ जना र चितवनस्थित कोरोना अस्पतालमा दुईजनाको उपचार चलिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • हावाहुरीका कारण झापामा एक जनाको ज्यान गयो image

    हावाहुरीका कारण झापामा एक जनाको ज्यान गयो

    झापा, १५ बैशाख । झापाको हल्दीबारी गाउँपालिका-५ त्रिवेणी चोकमा गएको राति आएको हावाहुरीले टिनको छाना भएको घर भत्किँदा ६५ वर्षीय मानबहादुर मगरको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय झापाका...

  • मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै image

    मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै

    मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका थाकका पाँच गाउँ जोड्ने रिङरोडको ठिनी खोलामा धमाधम मोटरेबल पुल निर्माण भइरहेको छ । गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास...

  • किरियापुत्री भवन निर्माणका लागि गठ्ठाघरमा श्रीमद्भागवत महायज्ञ हुने image

    किरियापुत्री भवन निर्माणका लागि गठ्ठाघरमा श्रीमद्भागवत महायज्ञ हुने

    भक्तपुर, १ जेठ । भक्तपुरको गठ्ठाघरमा अधुरो रहेको किरियापुत्री भवन निर्माण सम्पन्न गर्न आगामी जेठ ४ गतेदेखि श्रीमद्भागवत महायज्ञ हुने भएको छ। सनातन पितृमुक्ति समाज गठ्ठाघरको आयोजनामा हुने महायज्ञबाट...

  • ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए image

    ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए

    म्याग्दी, १ जेठ । विगत तीन दशकयता यहाँको ऐतिहासिकस्थल ज्यामरुककोट क्षेत्रका दुई दर्जनभन्दा बढी कुवा र पँधेराहरु नासिएका छन् । तत्कालीन पर्वत राज्यअन्तर्गतको शक्तिशाली ज्यामरुककोटमा १७औँ शताब्दीमा ज्यामरुके राजा...


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.