भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव | अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि | जनकपुरबाट काठमाडौँसम्म ‘न्याय मार्च’मा मिटरब्याज पीडित, सरकारसँग यस्ता छन् ८ प्रमुख माग |

भारत राजस्थानमा र्‍यापिड टेस्ट किट बन्द, संक्रमितलाई पनि देखायो नेगेटिभ

भारत राजस्थानमा र्‍यापिड टेस्ट किट बन्द, संक्रमितलाई पनि देखायो नेगेटिभ

९ बैशाख २०७७, नयाँदिल्ली । परीक्षणको पाँच प्रतिशत मात्रै सही रिपोर्ट आएको भन्दै कोरोना संकट चुलिइरहेका बेला भारतको राजस्थान राज्य सरकारले र्‍यापिड टेस्ट किट प्रयोगमै प्रतिबन्ध लगाएको छ । कोरोना संक्रमित बिरामीको रिपोर्ट पनि नेगेटिभ देखाएपछि राज्य सरकारले प्रतिबन्ध लगाएको हो ।

उत्त किटलाई कोरोना जाँचमा फेल सावित घोषणा गर्दै राज्य सरकारले यस्तो निर्णय लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । र्‍ १२३२ जनाको परीक्षण गरिएकोमा केवल दुईजनामा मात्रै कोरोना पोजेटिभ देखिएको थियो । आरडीटीको नतिजा सही भए नभएको पत्ता लगाउन त्यहाँ पीसीआर परीक्षण पनि गरिएको थियो ।

जसमा रिपोर्ट नेगेटिभ आएको देखायो । यसपछि राज्य सरकारले र्‍यापिड टेस्ट किटबाट गरिने जाँच नै रोकिदिएको हो। यो किटलाई फिर्ता नै गर्ने निचोडमा राज्य सरकार पुगेको छ । राजस्थान राज्य सरकार र्‍यापिड टेस्ट किट प्रयोगको अनुमति दिने पहिलो प्रान्त हो । राजस्थानका स्वास्थ्य मन्त्री डा. रघु शर्माका अनुसार र्‍यापिड टेस्टिङ्ग किटको प्रभाव जान्‍नका लागि एउटा कमिटी नै बनाइएको छ । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.