उपत्यकामा थप १३८ कोरोना संक्रमित थपिए, ९१ संक्रमितको मृत्यु, संक्रमितको संख्या २४ हजार नाघ्यो (भिडियो)

उपत्यकामा थप १३८ कोरोना संक्रमित थपिए, ९१ संक्रमितको मृत्यु, संक्रमितको संख्या २४ हजार नाघ्यो (भिडियो)

२८ साउन २०७७ काठमाडौं । उपत्यकामा थप १३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा १०९, ललितपुरका २१ र भक्तपुरका ८ जना गरी १३८ जना संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १० जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २९ जना, पाटन अस्पतालमा ११ जना, वीर अस्पतालमा २ जना, शिक्षण अस्पतालमा ११ जन र नेपाल प्रहरी अस्पतालमा गरिएमको परीक्षणमा २२ जनामा संक्रमण भेटिएको हो ।

भिडियाे …

https://www.facebook.com/Kailashkhabarnews/videos/3739535356060134/

यस्तै स्टार हस्पिटलमा ९ जना, ह्याम्स अस्पतालमा ८ जना, बिथ ल्याबमा ५ जना र वीरेन्द्र सैनिक अस्पतालमा गरिएको परीक्षणमा २ जनामा संक्रण पुष्टि भएको हो । यस्तै ललितपुरमा २१ र भक्तपुरमा ८ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा बुधबार थप ४८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १६ हजार ७२८ पुगेको छ । आज थप ८ जनाको मृत्यु पुष्टि भएसँगै मन्त्रालयका अनुसार हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ९१ पुगेको छ ।

कहाँ कति थपिए ?

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १०९, ललितपुरका २१, भक्तपुरका ८, झापाका १०, मोरङका ४८, रौतहटका २४, सुनसरीका १५, इलामका १, ताप्लेजुङका १, सप्तरीका ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसैगरी सिरहाका १०, धनुषाका ३९, महोत्तरीका ४४, गोर्खाका २, नुवाकोटका २, सर्लाहीका ६, बैतडीका २, चितवनका १५, तनहुँका २, बाराका १५, मकवानपुरका १६, दोलखाका २, काभ्रेका ५, कैलालीका ३ र पर्साका ३ जनामा कोरोना पुष्टि छ ।

यस्तै सिन्धुलीका २, बाँकेका १, दाङका १, ओखलढुङ्गाका १, रामेछापका १, जाजरकोटका १, कपिलवस्तुका १, खोटाङका १, पाल्पाका १, धादिङका २ जनामा कोरोना पुष्टि भएको छ । त्यसैगरी कास्कीका १३, स्याङ्जाका ६, अर्घाखाँचीका ३, रुपन्देहीका ८, रुकुमका ३, सल्यानका १, सुर्खेतका १८, दैलेखका ४, डोटीका २, दार्चुलाका ५ र कञ्चनपुरका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

सक्रिय संक्रमित कुन प्रदेशमा कति ?

प्रदेश नं १ मा ६ सय १४ जना
प्रदेश नं २ मा ३ हजार ४ सय ५७ जना
बाग्मती प्रदेशमा १ हजार ५ सय २४ जना
गण्डकी प्रदेशमा २ सय ४७ जना
प्रदेश नं ५ मा ६ सय ५७ जना
कर्णाली प्रदेशमा २ सय २० जना
सुदूरपश्चिम प्रदेशमा ८ सय ९४ जना

हालसम्म डिस्चार्ज हुनेहरुको संख्या
प्रदेश १ – १०४५
प्रदेश २ – ३४१७
वागमती प्रदेश – ६२५
गण्डकी प्रदेश – १४८७
प्रदेश ५ – ४१९४
कर्णाली प्रदेश – १९०२
सुदुरपश्चिम प्रदेश – ४०५८

 


Thali Mobile Pvt.Ltd.