राष्ट्रिय परिचयपत्र वितरण स्थगित गर्ने निर्णय, स्वास्थ्य मापदण्ड बेगरका उद्याेगधन्दा बन्द गरिने

राष्ट्रिय परिचयपत्र वितरण स्थगित गर्ने निर्णय, स्वास्थ्य मापदण्ड बेगरका उद्याेगधन्दा बन्द गरिने

२८ साउन २०७७ भक्तपुर । भक्तपुर नगरपालिकाले कोरोना भाइरस समुदायमा संक्रमण हुनबाट रोक्न राष्ट्रिय परिचय पत्र विवरण लिनेकाम रोक्ने निर्णय गरेको छ । नगरपालिका, होटल र गृह क्वारेन्टाइनको व्यवस्था गर्दै आएको र सोको व्यवस्थापनको लागि विदेशबाट आएकालाई नगरपालिकाले ९ जना कर्मचारीको व्यवस्था गरिरहेको बता नगरपालिकाले जनाएको छ ।

नगर प्रमुख सुनिल प्रजापतिले विभिन्न देशबाट हवाई मार्ग हुँदै भक्तपुर प्रवेश गरेका १०१ जना नगरबासीलाई व्यवस्थापन गरेको जानकारी दिए । बैठकले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ रोगका संक्रमित काठमाडौं उपत्यकामा पनि दिनहुँ सयौंको संख्यामा देखिन थालेको वर्तमान अवस्थामा भीडभाड हुने कुनै पनि गतिविधि नगर्न संघीय सरकारले समेत निर्देशन दिएको सन्दर्भमा भक्तपुर नगरपालिकाका वडाहरुमा राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन तथा फोटो खिच्ने अभियान हाललाई स्थगित गर्न जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको छ ।

उपत्यका प्रवेश गर्ने मुख्य नाकामा कडाइ गर्न र अनधिकृत प्रवेशलाई पूर्णतया रोक्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ । कोरोना संक्रमणको जोखिमप्रति संवेदनशील भई बैठकले कुशे औंसीलाई औपचारिकतामा मात्र सीमित गर्न सार्वजनिक अनुरोध गरेको छ ।

भक्तपुर नगरपालिका क्षेत्रमा रहेका उद्योगधन्धा तथा कल–कारखानामा कार्यरत कर्मचारी र मजदुरमा समेत कोरोना संक्रमण बढिरहेको संवेदनशीलतालाई मध्यनजर गरी आफ्ना मजदुरलाई आफ्नै उद्योग परिसरमा क्वारेनटाइनको अनिवार्य व्यवस्था गर्न उद्योगपतिलाई निर्देशन दिन र क्वारेन्टाइनको व्यवस्था नगर्ने उद्योगधन्धा बन्द गराउने समेत निर्णय गरेको छ ।

भक्तपुर नगरपालिका क्षेत्रभित्रका सडक, गल्ली, चोक, मन्दिर र खुला ठाउँलगायतका क्षेत्रमा वीजनासक औषधि छर्कने तथा बजार क्षेत्र, राजमार्ग र सहायक मार्ग वरपरका क्षेत्रमा अव्यवस्थित रुपमा राखिएका ठेलागाडा, साइकल हटाउने र फुटपाथ पसल व्यवस्थित गर्ने निर्णय बैठकले गरेको छ ।

बैठकको निर्णयहरू :nirnaya

 


Thali Mobile Pvt.Ltd.