भर्खरै : Sorry, your browser does not support inline SVG.
दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट | चितवनमा अप्ठेरोमा परेकालाई घरमै खाना पकाउने ग्यास उपलब्ध गराइने | इण्डोनेसियाको जाभा समुद्रमा यात्रुवाहक जहाजमा आगलागी, ५ जनाको मृत्यु | आउँदो तीन दिन मनसुन सक्रिय, भारीदेखि अति भारी वर्षाको सम्भावना | नर्सिङ सुधारको माग गर्दै वीर अस्पतालमा प्रदर्शन | साढे ९ वर्ष बित्दा पनि कञ्चनपुरको हुलाकी सडक अधुरै, ठेकेदारको लापरबाहीले निर्माण अलपत्र |

एकल महिलाका लागि ‘उपमेयर मेरो साथी’ कार्यक्रम सञ्चालन

एकल महिलाका लागि ‘उपमेयर मेरो साथी’ कार्यक्रम सञ्चालन

दिपायल, । दिपायल, डोटीमा एकल महिलाका लागि ‘उपमेयर मेरो साथी’ कार्यक्रम सञ्चालन भएको छ । जिल्लाको शिखर नगरपालिकाले नगरपालिकाभित्र रहेका एकल महिलालाई महिना दिन खान पुग्ने गरी सो कार्यक्रम मार्फत खाद्यान्न वितरण गरिएको छ । सोमबार नगरभित्रका ९० एकल महिलालाई चामल, दाल, चिनीलगायतका खाद्यान्न उपलब्ध गराएको नगरपालिकाले जनाएको छ । कमजोर आर्थिक अवस्था र समाजमा बेसहारा भएका महिलालाई आत्मबल बढाउन तथा थोरै भए पनि राहत पुगोस् भन्ने उद्देश्यले खाद्यान्न वितरण गरेको नगरउपप्रमुख सुनिता रावलले बताउनुभयो ।

नगरपालिकाभित्रका हरेक समस्यालाई नगरपालिकाले प्रथमिकताका आधारमा कार्यान्वयन गर्ने उहाँले जानकारी दिनुभयो । राहत सामग्री सानो भए पनि एकल महिलालाई सम्झेकामा शिखर नगरपालिका धन्यवादको पात्र रहेको सरस्वती बलायरले बताउनुभयो । आयस्रोत नभएकाले अरुको जमिन खनजोत, गोडमेल गरेर पेट पाल्दै आएको दुःखेसो गर्दै उहाँले खाद्यान्न सहयोगले राहत पुगेको प्रतिक्रिया दिनुभयो । आयस्रोत नभएकाले एकल महिलाका लागि उपमेयर मेरो साथी कार्यक्रम धेरै प्रभावकारी भएको सहभागीले बताएका छन् ।

नगरभित्रका टुहुरा बालबालिका, एकल महिला, ज्येष्ठ नागरिक, अतिविपन्न परिवारलाई नगरपालिकाले विभिन्न कार्यक्रममार्फत सहयोग गरिरहेको नगरप्रमुख दीर्घबहादुर बलायरले बताउनुभयो । नगरभित्र विकास निमार्णका लागि गुरुयोजना बनाई शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चार, बिजुली, सडकलगायतका योजनामा बढीभन्दा बढी कार्यान्वयन ल्याउनका लागि आवश्यक बजेट विनोयोजित गरी जनताका हरेक दुःखसुखमा नगरपालिका लागिपरेको उहाँको भनाइ थियो ।

जनताका समस्या समाधान गर्नका लागि नगर सरकार लागिपरेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत परमानन्द शर्माले बताउनुभयो । नगरका नागरिकको समस्या समाधानसँगै आवश्यकताका आधारमा योजना बनाई नगरपालिका लागिपरेको शर्माले बताउनुभयो । टुहुरा बालबालिका, अपाङ्गता, एकल महिला, अनाथ, विपन्नका लागि नगरपालिकाले हरेक वर्ष विभिन्न कार्यक्रम सञ्चालन गरी सम्मान गरिरहेको जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.