११ जेष्ठ २०७७, काठमाडौं । भारतले पहिलोपटक नेपालको भू-भाग लिम्पियाधुरासहितको नक्सा गत नोभेम्बरमा सार्वजनिक गरेको थियो । त्यसबेला नेपालको विरोधको बेवास्ता गरेको उसले लिपुपलेक हुँदै चीनको कैलाश मानसरोवर जाने सडक पनि उदघाटन गरिसकेको छ ।
भारत सरकारले नेपालको भूभागमा पर्ने जमिनमा बाटो खोलेपछि नेपाललाई पनि नयाँ नक्शा सार्वजनिक गर्न दबाब बढेको थियो । सरकारले यसै साता ती तीनै भूभाग समेटेर नयाँ नकसा औपचारिक रुपमा सार्वजनिक गरिसकेको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सा औपचारिक रुपमा सार्वजनिक गरि सकेकी छिन् । नेपाल र भारतबीचमा सीमा विवाद अहिले सामाजिक सञ्जालदेखि विभिन्न सञ्चारमाध्यममा छरपस्ट भइसकेको छ । नेपाली भूमिलाई आफ्नो पुष्टि गर्दै क्षुद्र गाली गर्ने तहमा भारतीय मिडिया उत्रिएका छन् ।
सीमा विवाद चलिरहेको अवस्थामा अहिले दुई देशका प्राविधिक समूहबीच नयाँ विवाद सिर्जना भएको छ । भारत र नेपालबीच सीमा विवाद चर्किरहँदा एकापसमा साइबर हमला पनि सुरु भएको छ । भारतका केही सरकारी वेबसाइटहरुमा आफूलाई नेपाली ह्याकर बताउने समूहले आक्रमण गर्न भ्याइसकेका छन् ।
अर्कातिर नेपाली वेबसाइटहरुलाई भारतीय ह्ययाकर बताउने ‘इन्डियन साइबर ट्रुप्स’ले निशाना बनाइरहेकाे छ। नेपालका केही सरकारी वेबसाइटहरू ह्याक गर्दै आएको सैतान नामको नेपाली ह्याकरको निशाना अहिले भारतीय वेबसाइटहर बनेका छन् ।
सुरुमा यो समूहले नेपाली नायिका मनीषा कोइरालाविरुद्ध भद्दा टिप्पणी गरेको भारतीय टिभी एबिपी न्यूजको साइटमा आक्रमण गरेको थियो । जसमा नेपाली ह्ययाकरको समूहले एबिपी न्यूजका कतिपय गोप्य दस्तावेजहरु लिक गरिएको छ । टवीटर ह्ययान्डलमा एबिपी न्यूजका विवरण सार्वजनिक गर्दै हेल्लो ‘एबिपी न्युज गुड’ भनेर टिप्पणी गरिएको छ ।
‘हामी रोकिएका थियौं तर, केही केटाकेटीहरुले हाम्रो साइटलाई बिगार्न थाले। हामी बसेर हेर्न सकेनौँ । यो केवल एउटा डेमोसहितको प्रदर्शनी हो,’ सैतान नामक टवीटर ह्यान्डलमा भनिएको छ । यो समूहले सबैभन्दा डरलाग्दो त भारतीय नागरिकका लाखौं आधार कार्डको विवरण पनि ह्ययाक गरेका छन्।
ह्याकरहरूको समूहले ७ करोड आधार कार्डको विवरण ह्याक गरेको दाबी गरेका छन् । उनीहरूले सार्वजनिक गरेको ‘स्याम्पल फाइल’ मा भने २१४५ जनाको आधार कार्ड विवरण छ । तर याे हल्ला चल्ने वित्तिकै सर्तक रहेकाे नेपाल प्रहरीका प्रवक्ता डीआईजी निरजबहादुर शाहीले जानकारी दिए ।
ह्ययाकर मौकाको पर्खाइमा रहेकाे भन्दै एक्काइसौँ शताब्दीको सबैभन्दा ठूलो चुनौती साइबर हमला रहेको प्रहरीकाे भनाइ छ । From Thahakhabar
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौँ, २६ असार । सरकारले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत मिर्गौला, मुटु, पार्किन्सन्स, अल्जाइमर, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकल सेल एनिमिया गरी आठ जटिल रोगका बिरामीलाई उपचारमा थप एक लाख...
भक्तपुर, २५ असार । सुर्यविनायक नगरपालिकाको जामुनीमा अवस्थित सुर्यविनायक नगर अस्पताललाई बागमती प्रदेश सरकारले ५० शैयाको अस्पतालको रूपमा सञ्चालन गर्ने स्वीकृति प्रदान गरेको छ। स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालय, हेटौंडाबाट...
काठमाडौं, २५ असार । नेपाल चिकित्सक सङ्घ र सरकारले हिजो साँझ तीन बुँदे सहमति गरेपछि चिकित्सक सङ्घले आह्वान गरेका सबै आन्दोलन स्थगित भएका छन्। यसपछि आजदेखि देशभरिका अस्पतालमा सेवा...
काठमाडौं, २४ असार । देशका विभिन्न क्षेत्रमा पछिल्लो केही घण्टादेखि व्यापक वर्षा भइरहेको र अझै निरन्तर वर्षा हुने सम्भावना देखिएको भन्दै जल तथा मौसम विज्ञान विभागले उच्च सतर्कता अपनाउन...