भर्खरै : Sorry, your browser does not support inline SVG.

बाँकेकाे नरैनापुर निषेधित क्षेत्र घोषणा, नेपालमा संक्रमितको संख्या ६०३ पुग्यो (भिडियाे सहित)

बाँकेकाे नरैनापुर निषेधित क्षेत्र घोषणा,  नेपालमा संक्रमितको संख्या ६०३ पुग्यो (भिडियाे सहित)

११ जेठ  २०७७, काठमाडौं । नयाँ १९ जनामा कोरोना संक्रमण देखिएसंग नेपालमा संक्रमितको संख्या ६०३ पुगेको छ । मोरोङका १, बारा कलैयाका १, पर्साका ३, रौतहटका १, सर्लाहीका १, रुपन्देहीका ६, काठमाडौं सोह्रखुट्टेका १, नुवाकोट ककनीका १ जनामा संक्रमण पुष्टी भएकाे हाे ।

यस्तै कपिलवस्तुका ३ जना र गुल्मीका १ गरी १९ जनामा संक्रमण देखिएको छ । सबै संक्रमित पुरुष रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको पिसिआर परीक्षणमा मोरङ बारदही ३ का ४५ वर्षीय पुरुष छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ११ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये बारा कलैयाका ३२ वर्षीय, वीरगञ्ज पर्साका २५ वर्षीय, पर्सा घर भई बारामा कार्यरत ३४ वर्षीय, पर्सा नागवाका ६० वर्षीय, रौतहट घर भई कलैयामा रहेका ३२ वर्षीय, सर्लाही हरिपुर ६ का ४८ वर्षीय, रुपन्देही सम्यारीमाई ५ का ४० र ५० वर्षीय, रुपेन्देहीका ३२ वर्षीय, काठमाडौं सोह्रखुट्टेका ६९ वर्षीय र  नुवाकोटा ककनीका ३९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा रुपन्देही गैडहवाका २३, ३० र ४० वर्षीय पुरुषमा संक्रमण भेटिएको छ । कपिलवस्तु खैरातीका ३५, ३७ र ५२ वर्षीय र गुल्मी मदानेका ३१ वर्षीय पुरुषमा संक्रमण भेटिएको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोनाका कारण ३ जनाको मृत्यु भएको छ ।

भिडियाे हेर्नुहाेस्…

https://www.facebook.com/Kailashkhabarnews/videos/249686609638661/

यसैबीच बाँकेको नरैनापुरलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या बढ्नुका साथै क्वारेन्टाइनमा रेहका संक्रमित नै भाग्न थालेपछि सो क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको हो ।

जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकले राति ८ बजेबाट निषेधित लागू गर्ने र नेपाली सेनासहित सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।

Mohotsav


Thali Mobile Pvt.Ltd.