काठमाडौं, ३ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विगतका वर्षमा आफ्नो पार्टी सरकारमा सहभागी भएर गल्ती गरेको स्वीकारेका छन् । विगतमा कांग्रेस, एमालेलगायतको सरकारमा सहभागी भएर आफ्नो पार्टीले गल्ती गरेको स्वीकारेका हुन । विगतमा त्रुटि भएकाले त्यसलाई सच्याएर आदर्शवादी र निष्ठावान पार्टी बनाउने प्रतिबद्धता उनले व्यक्त गरे । ‘हामीले तातै खाऔं भनेर अलि हतार गर्यौं, सरकारमा गएको आलोचना भयो, जनताले मन परायनन्,’ । काठमाडौं ९५ क्षेत्रीय समितिद्वारा आयोजित कार्यक्रममा थापाले भने, ‘विगतको गल्ती त्रुटि कमजोरीलाई सुधारेर अब राप्रपालाई सिद्धान्तनिष्ठ र आदर्शवादी पार्टी बनाउँछौं ।’ कांग्रेस, कम्युनिस्टले अवसर पाएर पनि केही गर्न नसकेको भन्दै उनले यिनको विकल्पका रूपमा राप्रपालाई स्थापित गराउनुपर्ने बताए । मुलुकको धरातलीय यथार्थलाई मध्यनजर गर्दा राप्रपाले बोकेको नीति, विचार र मार्गचित्र उपयुक्त देखिएको दाबी पनि उनले उक्त अवसरमा गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाण्डौ, २ असार । बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले अमेरिकामा भइरहेको फिफा क्लब विश्वकपमा न्युजिल्याण्डको अकल्याण्ड सिटीलाई ऐतिहासिक १०–० को फराकिलो अन्तरले पराजित गरेको छ। यो जित क्लब विश्वकप इतिहासकै...
काठमाण्डौ, २ असार । द्वन्द्वग्रस्त इजरायल र इरानमा रहेका सबै नेपालीहरू अहिले सुरक्षित रहेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार इजरायलमा करिब ५ हजार ५ सय नेपाली र इरानमा करिब १२...
काठमाण्डौ, २ असार । देशका केही भू-भागमा मनसुनी र पश्चिमी वायुको प्रभावसँगै वर्षा भइरहेको छ भने केही स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल...
सिमकोट, २ असार । हुम्लाको सर्केगाड गाउँपालिका–३ स्थित उनापानीको औल बस्तीमा गएराति भएको भीषण आगलागीबाट आठ घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। स्थानीय वासिन्दा विर्ख रावतको घरको गोठबाट...