भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

नेपालका नेता भारतमा बाेलाएर के गर्दै छ भारत ? नेपाल रणनीतिमा फेरबदल

नेपालका नेता भारतमा बाेलाएर के गर्दै छ भारत ? नेपाल रणनीतिमा फेरबदल

काठमाडौँ । नेपालमा बदलिँदो अन्तर्राष्ट्रिय परिस्थितिलाई मध्यनजर गर्दै भारतले नेपालका लागि आफ्नो रणनीतिमा फेरबेदल गर्न लागेको छ । नेपालको विषयवस्तु, राजनीतिक अवस्थाको बारेमा नयाँ ढङ्गबाट अध्ययन गर्न नेपाली नेताहरुलाई भारत बोलाएर सल्लाह सुझाव लिन थालेका हो।

इण्डिया फाउण्डेशन र नीति अनुसन्धान प्रतिष्ठान नेपालले नेपालका नेताहरुलाई भारतमै बोलाएर औपचारिक र अनौपचारिक छलफल गरेको हो। कार्यक्रम आयोजना गरी नेता तथा थिङ्क ट्याङ्कहरुलाई बोलाएर छलफल र सुझाव लिन शुरु गरेको छ ।

भारतमा भाजपा निकट थिङ्क ट्याङ्कको रुपमा परिचित इण्डिया फाउण्डेशनले नेतृत्व गरेको छ भने नेपालबाट त्यसको समन्वय भाजपाको आरएससले गठन गरेको नीति अनुसन्धान प्रतिष्ठानले गरिरहेको छ । भारत उत्तर प्रदेशको लखनउमा बुधवार आयोजना गरेको कार्यक्रम बिहीबार सकिएको छ ।

कार्यक्रममा नेपालबाट राजपा नेपालका अध्यक्षमण्डलका सदस्य राजकिशोर यादव, काँग्रेसका महामन्त्री शशाङ्क कोइराला, काँग्रेसका अर्का नेता मिनेन्द्र रिजाल, नेकपा केन्द्रीय सदस्य खिमलाल देवकोटा, लेखक श्रीकृष्ण अनुरुद्र गौतम, प्रोफेसर कृष्णचन्द्र शर्मा, पूर्व राजदूत दीपकुमार उपाध्याय, मृगेन्द्रबहादुर कार्की, डा.चन्द्रदेव भट्ट, पूर्व डिआइजी रमेश खरेल, अवकाश प्राप्त सेना विनोज वसन्यात, नलिनी ज्ञवाली प्रतिष्ठानका अध्यक्ष, रमेश कुमार ढुगेंल अध्यक्ष, लुम्बनी विश्व विद्यालय, भारतका लागी नेपाली राजदूत निलाम्बर आचार्य, रवी शंकर सैंजु (पूर्व सचिव नेपाल) र प्रतिकुमारी मण्डल (प्रोफेसर) सो कार्यक्रममा सहभागी भएका थिए ।

 


Thali Mobile Pvt.Ltd.