समुद्रभित्र भएका अनेकौं रहस्यहरुमध्ये एउटा खतराको रहस्य अमेरिका र युरोपका समुद्रहरुमा भेटिएको छ । त्यो रहस्य हो, करेन्ट पैदा गर्ने माछा। उत्तर अमेरिका तथा यूरोपका समुद्रहरुमा अधिकमात्रामा करेन्ट पैदा गर्ने माछा पाइन्छन् । ती माछाबाट पैदा हुने करेन्टले मान्छेलाई छोयो भने ठहरै रहन्छ ।
मान्छे नै मर्न सक्ने शक्तिशाली करेन्ट पैदा गर्ने माछा हो इलेक्ट्रिक इल। यो इलेक्ट्रिक इलको एउटा शक्तिशाली आघातले घोडा जस्तो जनावरलाई ६ मिटर टाढाबाटै अचेत बनाईदिन्छ। कार्प इलमा भएको यो विद्युतीय क्षमताले मान्छेलाई छुँदा मात्रै पनि ठहरै पारिदिन्छ ।
इलेक्ट्रिक इलको एक तिहाई शरीरमा पाइने कोषहरुबाट कारको ब्याट्रीले भन्दा कैयन गुणा बढी करेन्ट पैदा गर्छ । यसको मुख्य विद्युतीय अंगले ५ सय ५० भोल्टसम्म विद्युत पैदा गरेर आफ्ना शत्रुहरलाई मार्ने र अचेत पार्ने गर्छ भने यसको अर्को अंगले राडरले जस्तै काम गर्छ । आफ्नो आहारा खोज्न यहि राडारको प्रयोग गर्छ ।
इलेक्ट्रिक इल मरेपछि पनि यो माछा मान्छे तथा अन्य जन्तुहरुका लागि खतरनाक छ । किनभने, यसले आफ्नो मृत्यु भएको ९ घण्टापछिसम्म पनि विद्युतीय झड्का दिइरहन्छ । उता अफ्रिकी नदीहरुमा पाइने अर्को किसिमको विद्युतीय माछा क्याटफिसले पनि करेन्ट उत्पादन गर्छ । यो माछाले आफ्ना छेउछाउका जनावरहरुलाई आफ्नो तीव्र बिदुतीय झड्काले बेहोश बनाइदिन्छ ।
यी माछाले आफ्नो सन्तानोत्पत्तिका लागि पनि लामो यात्रा गर्छन् । अमेरिका र यूरोपमा पाइने इल माछा ताजा र स्वच्छ पानीमा बस्छ । आफ्नो प्रजनन तथा बच्चा उत्पादनको कार्य भने नूनिलो पानीमा गर्ने गर्छ । अण्डा पार्नका लागि इल माछा अट्लान्टिक महासागरदेखि ‘सारगास्सो’ नामक समुद्रसम्म पुग्छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौँ, १४ वैशाख । हरेक वर्ष वैशाख कृष्ण औँसीका दिन मनाइने मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने पर्व आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ। यो दिन सन्तानहरूले आफ्नी आमालाई...
काठमाडौं । नेपाली लोकसङ्गीतको आँगनमा एक पटक फेरि मिठास भरिएको छ। चर्चित गीतकार तथा सर्जक भीम कुमार ओझाको प्रस्तुतिमा तयार भएको ‘दुई दिने जिन्दगी’ बोलको नयाँ लोकगीत सार्वजनिक भएको...
काठमाडौं । नेपाली लोकसंगीतको फाँटमा फेरि एकपटक गहिरो भाव र सन्देश बोकेको गीत सार्वजनिक भएको छ। गायक तथा संगीतकार हेमन्त कान्छा रसाइलीको युट्युब च्यानलमार्फत “जानै लाग्यो बैश रिमै” बोलको...
झापा,चैत २६ । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको टोलीले झापामा समितिको कार्यक्षेत्रसँग सम्बन्धित विषयमा सरोकारवालाका सुझाव संकलन गरेको छ ।जिल्ला प्रशासन...