भर्खरै : Sorry, your browser does not support inline SVG.
बालबालिकाहरुलाई परम्परागत सीप प्रदान गर्न सके भविष्य उज्ज्वल हुनेः सांसद सुवाल | युवा व्यवसायी महेश प्रसाई (म्याक्स बाबु) अष्ट्रेलियाको राज्य सरकारद्वारा सम्मानित हुँने पहिलो नेपाली बने | कोशीटप्पुमा भेटिए ७६ प्रजातिका नौ हजार दुई सय पचास चरा | अर्को सूचना नभएसम्म थप बन्धकहरूलाई मुक्त नगर्ने हमासको निर्णय, इजरायलको हमासलाई चेतावनी | गण्डकी सरकारको उक्तम कार्य, क्यान्सर उपचारमा सहायता कार्यक्रमबाट सात सय ३३ जनाला भान्वित | नेपाल विद्युत प्राधिकरणले बक्यौता नतिर्ने उद्योगिलाई पठायो लाइन काट्न पत्र | ग्यास लुकाएर अभाव देखाए ग्यास जफत गर्ने सरकारको चेतावनी | १० वर्षमा १० हजार मेगावाट विद्युत् व्यापारका लागि अन्तरदेशीय ठूला प्रसारणलाइन निर्माण गर्ने सहमती |

काठमाडौंबाट बाहिरिनेको चाप बढ्यो

काठमाडौंबाट बाहिरिनेको चाप बढ्यो image

काठमाडौं । कोराना भाइरसको संक्रमण रोक्नका लागि सरकारले एसइइलगायतका परिक्षा स्थगित गरेसंगै उपत्यकाबाट बाहिरिनेकाे संख्या बढेकाे छ ।

गोंगबु नयाँ बसपार्कबाट उपत्यका बाहिर जाने यातायातका साधन पनि बढेको ल्होत्से बहुद्देश्यीय प्रालीका महाप्रबन्धक सुनिल कुँवरले बताए । पहिलेकाे तुलनामा दुई दिन यता यात्रुको सङ्ख्या बढेको उनको भनाई छ ।

नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, कलङ्की क्षेत्रमा यात्रुको भीड बढ्नुको कारण वार्षिक परीक्षा सकिनु रहेको प्रहरीको भनाई छ । परीक्षा सकिए पछि बिदा मनाउन उपत्यका बाहिर जाने यात्रुको चाप बढेको प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले बताए ।

अरु समयमा ८० हजारको हाराहारीमा यात्रु उपत्यका बाहिरिने गरे पनि दुई दिन यता ह्वात्तै बढेर गएको ट्राफिक प्रहरीको भनाई छ । विभिन्न नाका हुँदै १८ हजार १ सय ८० यात्रुबहाक सवारीसाधन उपत्यका भित्रिएकाे र १८ हजार ४ सय ४१ सवारी साधन बाहिरिएको रेकड काउण्टरमा छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda