सन्चै हुनुहुन्छ ?
सन्चै छु ।
यहाँको जन्म थलो कहाँ हो ?
मेरो जन्म थलो लमजुङ्ग जिल्लाको मर्स्याङ्दी गाउँपालिका वडा नं. ७ छिनखोला हो । म हुर्केको सदरमुकाम बेसिशहरमा हो ।
लक्ष्मी तामाङलाई सहज लाग्ने परिचय ?
पहिले लक्ष्मी तामाङलाई कसैले चिन्दैन थिए । हिजो आज गायिका लक्ष्मी तामाङ भनेर चिन्नु हुन्छ । त्यसैले मलाई सहज परिचय भन्नु पर्दा गायिका लक्ष्मी तामाङ नै हो ।
तामाङको छोरी कलाकारीतामा आउन प्रेरणा कस्ले दियो ?
मलाई कलाकारीतामा आउने प्रेरणा दिने साथी, भाईको हौसला हो । घरमा आमा, बहिनीले हौसला दिनु हुन्छ ।
लोक दोहोरीको क्षेत्र भन्नु पर्दा के भन्नु हुन्छ ?
लोकदोहोरी क्षेत्रका वारेमा भन्नू पर्दा, लोक गीत हाम्रो सस्कृतीको जगेर्ना गर्ने जग हो । यसबाट हामीले धेरै कुरा सिक्न पाउदछौं।
कतिवटा एलवम निकाल्नु भयो ?
हाल सम्म दर्जनौं गीतहरु गरिसकें ।
यस क्षेत्रमा लागिरहने आँट कसरी आयो ?
सांगीतिक क्षेत्रमा लाग्ने आँट त आफ्नै मन हो । यो क्षेत्र छोडेर नि बस्नेहरु धेरै देखें, तर मलाई लाग्छ कि सङ्गीतको दुनियाँ भन्दा बाहिर म रहन सक्दिन ।
जीवन भोगाईमा गीतसंगीतको संयोजन कसरी मिलाउनु भयो ?
जीवनमा अनेकौं आउछन् भोगाइ, पीडा, बाधाहरु । तर सबैलाई मिलाएर लग्नु पर्छ । कठिन भएपनि केही चिज प्राप्त गर्न केही गुमाउनु पर्ने रैछ । धेरै गुमाए, थोरै पाए । तर एक दम मिठास पाएकी छु म यसैमा खुशी छु ।
यहाँ विवाहित कि अविवाहित ?
हामी गीत सङीत कै कुरालाइ जोडौ होला । घरयासी मामिला तीर नजाउँ है ।
घर परिवारबाट कहिले काही असहजता हुन्छ कि हुदैन ?
मेरो घरबाट त्यस्तो असहज परिस्थिति कहिल्यै आएन । आज सम्म त्यस्तो भएको थाहा पनि पाएको छैन ।
जीवनको परिभाषा भन्नु पर्दा ?
जीवन एउटा सुन्दर फुल हो । जो एक दिन ओइलिएर जान्छ । फुलुन्जेल मीठो, राम्रो सुगन्ध दिन पाए जस्तो लाग्छ । त्यसैले नराम्रो र कसैको रिस, राग, डाह गर्न मन पर्दैन ।
कलाकारीता बाहिर बाट हेर्दा जति सहज छ भित्र त्यति कै अप्ठ्यारो पनि छ भन्छन् नि ?
हरेक मानिसको खुशीको पछाडि दुःख लुकेको हुन्छ ।
गीत गाँउन जति सहज छ, त्यसलाई बजारमा ल्याउन अर्थात दर्शकमाझ पु¥याउन गाह्रो छ भन्ने कुरा धेरै सुनिन्छ नि ?
गाउन जति सजिलो देखिन्छ त्यति कै गह्राे पनि छ । गाएर मात्रै कहाँ हुन्छ ? दर्शकमाझ पुर्याउन पनि गाह्रो नै छ । किन कि हिजो आज आफ्नो अनि पार्टीको कलाकारलाई मेला, महोत्सव तीर लाने गर्छन् ।
कलाक्षेत्रमा आउनेलाई के भन्न चाहनु हुन्छ ?
अब नयाँ आउनेलाई मैले के भन्नु खै ? हँ म आफै निकै फसे ।
अन्य देशको तुलनामा नेपाली कलाकारीता पछि छ कि अघि छ ?
ओ माई गड, हाम्रो नेपाल कुनै पनि देशसंग तुलना नगर्दा नै राम्रो ।
नेपाली कला सस्कृति बचाउन कलाकारको भूमिका कस्तो हुनु पर्छ ?
हाम्रो संस्कृती बचाउन कलाकारले मात्रै हैन, सबै मिलेर जोगाउनु पर्छ । कलाकारले छाडा गीत गाउन छोड्नु पर्छ । नेपाली संस्कृती झल्किने गीत गाउनु पर्छ ।
कुरा गर्ने समय दिनु भयो यहाँलाई धन्यवाद ।
मेरा कुराहरुलाई मिडियामा स्थान दिनु भयो तपाईलाई पनि धन्यवाद ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भक्तपुर । भक्तपुर नगरपालिका वडा नं १ सल्लाघारीस्थित खुल्ला मैदानमा जारी भक्तपुर सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव २०८१ मा विहीबार गायक टंक बुढाथोकी, गायक अशोक दर्जी, गायक रबि रिमाल...
काठमाडौं । कसैसंग माया बस्यो भने आँखा भरि उनकै झझल्को, मुटु भरि उनकै सम्झना, दिन अनि रात हरपल उनकै याद, उनकै कल्पना, जता गए पनि उनको याद संगसंगै, छायाँले...
काठमाडौं । गायक, संगीतकार तथा संगीत संयोजक आरके मिलनको “पैसा कता जान्छ” भाग २ (शहरमा पुग्यो रहर) बोलको गीत सार्वजनिक भएको छ । पछिल्लो सामाजिक परिवेशसंग सुहाउँदो आरके मिलनको...
काठमाडौं । बदलिँदो परिवेशमा मनाउने तरिका परिवर्तन भएको चाड तीजका गीतहरू युट्यूबमा धमाधम सार्वजनिक हुँदैछन् । विवादमा पर्नेको संख्या निकै छ । तीज आउन एक महिना बाँकी छ, एक...