भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव | अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि | जनकपुरबाट काठमाडौँसम्म ‘न्याय मार्च’मा मिटरब्याज पीडित, सरकारसँग यस्ता छन् ८ प्रमुख माग |

काेराेनाबाट अधिक पीडित अमेरिकामा २६ हजारकाे मृत्यु , ६ लाख बढी संक्रमित

काेराेनाबाट अधिक पीडित अमेरिकामा २६ हजारकाे मृत्यु , ६ लाख बढी संक्रमित

अमेरिका । ६ लाख १३ हजार कोरोना भाइरसका संक्रमित पुगेकाे अमेरिकामा २६ हजार बढीको ज्यान गएको छ । अहिले कोभिड–१९ को इपिसेन्टर बनेको शक्ति राष्ट्र अमेरिका काेराेनाका कारण सामान्य अवस्थामा पुगेकाे छ ।

तथ्याङकअनुसार अमेरिकामा हालसम्म संक्रमितको संख्या ६ लाख १३ हजार आठ सय ८८ पुगेको छ भने मृतकको संख्या २६ हजार ४७ जना पुगेकाे छ । शक्तिकाे आडमा बसेकाे अमेरिकाले समयमै उचित कदम चाल्न हेलचक्रयाइ गरेकै कारण अहिले दैनिक ठूलो संख्यामा मानवीय क्षति बेहोेरिरहेको छ।

संक्रमित हुने र ज्यान गुमाउनेको संख्या दैनिक तीब्र गतिमा बढिरहेकाे छ । अन्य देशको तुलनामा अमेरिकामा कोरोना भाइरसका कारण अवस्था झन झनै जटिल बनिरहेकाे छ। संसारकै वित्तिय राजधानी मानिने न्यूयोर्कमा संक्रमितको संख्या २ लाख भन्दा बढी पुगेकाे छ । त्यहि हाराहारीमा मृतककाे संख्या पनि बढिरहेकाे छ ।

बाक्लो जनसंख्या रहेको न्यूयोर्कमा सार्वजनिक सवारीमा मानिसहरुले यात्रा गरिरहेका कारण र ठूलठुला भवनहरुमा मानिसहरु बस्ने गरेका कारण पनि यहाँ संक्रमित संंगै मृतकको संख्यामा बृद्धि भएको अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन्। न्यूयोर्कपछि न्यूजर्सी प्रताडित बनेकाे छ ।

न्यूजर्सी राज्यमा ६८ हजार संक्रमित छन्, भने चार हजार भन्दा बढीको ज्यान गइसकेको छ । विश्वभर १ लाख २६ हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन् । १९ लाख ९७ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। इटालीमा २१ हजार भन्दा बढीले ज्यान गुमाएका छन् ।

त्यस्तै स्पेनमा १८ हजार भन्दा बढी मानिसको मृत्य भएको छ । स्पेनमा १ लाख ७४ हजार ६०, इटालीमा १ लाख ६२ हजार ४ सय ८८, फ्रान्समा १ लाख ३१ हजार ३ सय ६१, जर्मनीमा १ लाख ३१ हजार ३ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना संक्रमित ४ लाख ७८ हजार ४ सय ३ जना उपचारपछि निको भएका छन् ।

 


Thali Mobile Pvt.Ltd.