भर्खरै : Sorry, your browser does not support inline SVG.
पोखरा महानगरका अधिकृत विरुद्ध घुस प्रकरणमा विशेष अदालतमा मुद्दा | कक्षा १२ को परीक्षा यथासमयमै, बोर्डको निर्णयः आन्दोलनबीच परीक्षा रोकिँदैन | सुपारी आयातमा ह्वात्त वृद्धि, निर्यात शून्य जस्तै, आयात ५८ करोड, निर्यात जम्मा १८ हजार रुपैयाँ बराबर | युक्रेनी समकक्षीसँग द्विपक्षीय वार्ता गर्न तयार रहेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सङ्केत | ३ जना बालबालिका धनुषामा मृत भेटिए | रत्नचूड पर्वतको पवित्र काखमा १०८ फिटको महादेव मूर्ति निर्माणः शिव पुराण ज्ञान महायज्ञको भव्य आयोजना | लामो समय विद्यालय बन्द हुँदा विद्यार्थी कुलतमा | कर्णालीको तेस्रो त्रैमासिक समीक्षा : विकास बजेटको २०% मात्र खर्च |

काेराेनाबाट अधिक पीडित अमेरिकामा २६ हजारकाे मृत्यु , ६ लाख बढी संक्रमित

काेराेनाबाट अधिक पीडित अमेरिकामा २६ हजारकाे मृत्यु , ६ लाख बढी संक्रमित image

अमेरिका । ६ लाख १३ हजार कोरोना भाइरसका संक्रमित पुगेकाे अमेरिकामा २६ हजार बढीको ज्यान गएको छ । अहिले कोभिड–१९ को इपिसेन्टर बनेको शक्ति राष्ट्र अमेरिका काेराेनाका कारण सामान्य अवस्थामा पुगेकाे छ ।

तथ्याङकअनुसार अमेरिकामा हालसम्म संक्रमितको संख्या ६ लाख १३ हजार आठ सय ८८ पुगेको छ भने मृतकको संख्या २६ हजार ४७ जना पुगेकाे छ । शक्तिकाे आडमा बसेकाे अमेरिकाले समयमै उचित कदम चाल्न हेलचक्रयाइ गरेकै कारण अहिले दैनिक ठूलो संख्यामा मानवीय क्षति बेहोेरिरहेको छ।

संक्रमित हुने र ज्यान गुमाउनेको संख्या दैनिक तीब्र गतिमा बढिरहेकाे छ । अन्य देशको तुलनामा अमेरिकामा कोरोना भाइरसका कारण अवस्था झन झनै जटिल बनिरहेकाे छ। संसारकै वित्तिय राजधानी मानिने न्यूयोर्कमा संक्रमितको संख्या २ लाख भन्दा बढी पुगेकाे छ । त्यहि हाराहारीमा मृतककाे संख्या पनि बढिरहेकाे छ ।

बाक्लो जनसंख्या रहेको न्यूयोर्कमा सार्वजनिक सवारीमा मानिसहरुले यात्रा गरिरहेका कारण र ठूलठुला भवनहरुमा मानिसहरु बस्ने गरेका कारण पनि यहाँ संक्रमित संंगै मृतकको संख्यामा बृद्धि भएको अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन्। न्यूयोर्कपछि न्यूजर्सी प्रताडित बनेकाे छ ।

न्यूजर्सी राज्यमा ६८ हजार संक्रमित छन्, भने चार हजार भन्दा बढीको ज्यान गइसकेको छ । विश्वभर १ लाख २६ हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन् । १९ लाख ९७ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। इटालीमा २१ हजार भन्दा बढीले ज्यान गुमाएका छन् ।

त्यस्तै स्पेनमा १८ हजार भन्दा बढी मानिसको मृत्य भएको छ । स्पेनमा १ लाख ७४ हजार ६०, इटालीमा १ लाख ६२ हजार ४ सय ८८, फ्रान्समा १ लाख ३१ हजार ३ सय ६१, जर्मनीमा १ लाख ३१ हजार ३ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना संक्रमित ४ लाख ७८ हजार ४ सय ३ जना उपचारपछि निको भएका छन् ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.