चामुण्डा । नगरपालिकाका सवै वडामा कम्तिमा २० जना क्षेमताको क्वारेन्टाइन बनाउने निर्णय चामुण्डा विन्द्रासैनी नगरपालिकाले निर्णय गरेको छ ।
१५ शैयाको चामुन्डा विन्द्रासैनी अस्पताललाई आइशोलेसन उपचार व्यवस्था गरेको नगरप्रमुख सूर्य बहादुर शाहीले बताए । बजेटिङ्गको व्यवस्थाका लागि सरसल्लाह मिलाउन लागेको भन्दै शाहीले लकडाउनको अवस्थामा आवाश्यक्ताका आधारमा घरको एक जनामात्र मास्क लगाएर बाहिर निस्कने बताए ।
नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर उच्च सतर्कता अपनाएको शाहीले जानकारी दिए । त्यस्तै आठबीस नगरपालिकाले भारतबाट आएकालाई स्कुल स्कुलमा क्वारेन्टाइनको व्यवस्था मिलाएको जनाएको छ ।
कोरोना भाइरस फैलन नदिन नियन्त्रणका लागि स्वास्थ्यकर्मीलाई अहोरात खटिन निर्देशन दिएको नगरप्रमुख खड्गराज उपाध्ययले बताए । घरबाहिर ननिस्किएर लकडाउनलाई सहयोग गर्न नगरवासीलाई आग्रह गरेको भन्दै उपाध्ययले राजनैतिक दलले पनि सहयोग गर्न सुझाव दिए ।
राकम स्वास्थ्य चौकीलाई चौविसै घण्टा उपचारका लागि तयारी अवस्थामा राखिएको बताए । सबै वडालाई सतर्क रहन आग्रह गरेर बाहिरबाट आएकालाई वडाले नै क्वारेन्टाइनमा राख्न निर्देशन दिएको बताए ।
त्यस्तै ठाटीकाँध गाउँपालिकाले पनि उच्च सर्तकता अपनाएको बताएको छ । गाउपालिकाका सवै वडाका वडाध्यक्षलाई कोरोना भाइरस फैलन नदिन जनतालाई सचेतना फैलाउन आग्रह गरिएको गाउँपालिकाले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौँ, वैशाख १३ – हेटौँडाबाट ठिंगन हुँदै काठमाडौँ जोड्ने प्रमुख वैकल्पिक सडकमार्ग कान्ति लोकपथ वैशाख १८ गतेदेखि दैनिक ६ घण्टाका लागि बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरका...
काठमाडौँ । देशका मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रहरूमा आज पनि तातो लहर (हिट वेभ) कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्ला केही दिनदेखि ती क्षेत्रहरूमा अधिकतम तापक्रम...
भक्तपुर । भक्तपुर जिल्लामा क्रियाशिल पत्रकारहरूसँग जनस्वास्थ्य कार्यालयको आयोजना गरेको अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ। कार्यक्रममा पत्रकारहरूले स्वास्थ्य र समुदायसँग सम्बन्धित विभिन्न मुद्दामा छलफल गर्दै, जनस्वास्थ्य क्षेत्रमा भएका...
काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाले आज तराई–मधेशका अधिकांश जिल्लामा अत्यधिक गर्मीको सम्भावना रहेको जानकारी दिएको छ। लुम्बिनी प्रदेशका केही जिल्लामा तातो हावाको लहर चल्ने अनुमान गरिएको छ, जसले गर्मीलाई...