काठमाडौं । नवनियुक्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरूलाई प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।
प्रहरी अतिरिक्त महानिरीक्षकहरू तारिणीप्रसाद लम्साल, शैलेश थापा क्षेत्री र हरिबहादुर पाललाई दर्ज्यानी चिह्न प्रदान गरिएकाे हाे । ९ चैतमा बसेको मन्त्रिपरिषद बैठकले उनीहरूलाइ एआईजीमा बढुवाकाे निर्णय गरेको थियो ।

