मलेसिया । मलेसियामा कोराना भाइरसकोे संक्रमण बढ्दै गइरहेको छ । तेस्रो चरणको लकडाउन भइरहेको बेला कोरोनाको कहर बढ्दै गएको त्यहा स्थित भोजराज न्यौपानेले बताएका छन् ।
नेपाली दुतावासले नेपालीहरुको अवस्थाबारे जानकारी लगिरहेको भन्दै कैलाश खबरको कुराकानीमा नेपालीको अवस्था सामान्य रहेको बताए । नेपालीलाई कोरोना भाइरसको संक्रमण भैहालेमा पनि सम्पूर्ण जिम्मा राजदूतावासले लिने जानकारी पाएकोे बताए ।
केही नेपालीमा घर जान नपाएको र काम नपाउने भएकाले समक्या उत्पन्न भएको भन्दै यस विषयमा नेपालीको समस्या बुझेर नेपाल सरकारले कदम चाल्नुपर्ने सुझाव दिए । उनले नेपाली दूतावाससंग सम्पर्क नभएपनि दूताबासले नेपालीबारे चाँसो दिइरहेको बताए ।
उनले जो जहाँ रहेका छौं त्यसैगरी कोरोना विरुद्ध लडौं भन्ने सन्देश दिए ।
थप जानकारीका लागि हेर्नुहोस लाइभ भिडियो ।
https://www.facebook.com/Kailashkhabarnews/videos/222995952140530/

