भर्खरै : Sorry, your browser does not support inline SVG.

नेपाललाई इटलीबन्न नदिन लकडाउनलाई पूर्ण पालना गर्नु एक मात्र विकल्प हाे : पुर्व स्वास्थ्यमन्त्री

नेपाललाई इटलीबन्न नदिन लकडाउनलाई पूर्ण पालना गर्नु एक मात्र विकल्प हाे : पुर्व स्वास्थ्यमन्त्री

काठमाडाैं । लकडाउनको समय चिकित्सकलाई भेटेर आवश्यक सामाग्री उपलब्ध गराउनमा वितेको पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले बताएका छन् ।

दातामार्फत इयरगन, थर्मलहरु लिएर निर्वाचन क्षेत्रमा भएका समस्या समाधान तिर लागेको भन्दै विभिन्न निकायसंग समन्वय गरेर समस्या समाधान तर्फ लागेको बताए । कसरी अन्य क्षेत्रको समस्या समाधान गर्न सकिन्छ ? त्यतातिर समन्वय गरेर अगाढि बढिरहेको उनको भनाई छ ।

महानगर, नगर र गाउँपालिकाका वडाहरुमा राहतको कामलाई तीब्रता दिएको भन्दै अधिकारीले विरामीलाई अस्पताल सम्म पु¥याउने काममा व्यस्त रहेको बताए । कहि कतै हुदा खानेकहाँ राहत नपुगेको जिकिर गर्दै जसरी हुन्छ अनुगमन गरेर काम गरी खाने मान्छे कहाँ राहत पु¥याउने दायित्वलाई पुरागर्ने मै लागेको बताए ।

स्वास्थ्यकर्मीलाई इमानदारीपूर्वक गर्न निर्देशन समेत दिएको भन्दै सहजरुपमा उपचारको व्यवस्था मिलान भनेको बताए । विभिन्न निकायसंग समन्वय गरेर कोरोना नियन्त्रणका प्रयास जारि राखेको बताए । ट्रेसिङ र टेष्टिङ्गको काम अगाडि बढाएको भन्दै काउन्सिलका सवै व्यक्तित्वलाई डब्लु एच ओको मापदण्ड पुरा गर्नमै लागेको र सरकारका सुझावलाई पूर्ण पालना गर्न लागेको बताए ।

सरकारले चालेका कदमलाई नजिकबाट नियालिरहेको भन्दै क्वारेन्टाइनबाट स्वाव परिक्षणमा ढिला गर्न नहुने सुझाव दिए । नेपाललाई इटलीको अवस्थामा नपु¥याउन लकडाउनलाई इमान्दारीता पूर्वक पालना गरी सरकारलाई सहयोग गर्नु एक मात्र विकल्प भएको उनको भनाई छ ।

थप जानकारीका लागि यो भिडियो हेर्नुहोस ।

https://www.facebook.com/Kailashkhabarnews/videos/794575157735942/

Mohotsav


Thali Mobile Pvt.Ltd.