काठमाडौं– सत्तारुढ दल नेकपाका २ अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालको आ–आफ्नै अडानले संघीय संसदको भावी सभामुख चयनको विषय थप पेचिलो बन्ने भएको छ । सभामुख चयनका विषयमा प्रधानमन्त्री समेत रहेका ओली र नेकपा अध्यक्ष प्रचण्डबीच विभिन्न चरणमा छलफल भइरहेको छ । यही विषयमा मंगलबार ओली र प्रचण्डबीच प्रधानमन्त्रीको सरकारी निवासमा झण्डै २ घण्टा छलफल भएको थियो । यी दुवै नेताले आ–आफ्नो अडान नछाड्दा सहमति हुन नसकेको बताईएको छ ।
ओली प्रचण्डबीच सभामुख चयनको विषयमा सहमति नहुँदा प्रतिधिभिसभाको बुधबार बस्ने गरी तय भएको बैठक ११ दिन पछि पुस १७ गतेका लागि सारिएको छ । प्रतिनिधिसभाको अब बस्ने बैठकको पहिलो कार्यसूची नै सभामुखको निर्वाचनका लागि मिति तोक्नेसँग सम्बन्धित छ । तर, सत्तारुढ दल भित्रको असहमतिले संसद नै बन्धक बन्न पुगेको छ ।
अध्यक्ष प्रचण्डका अनुसार सुवासलाई बोक्न नसकिने बताए । यतिबेला भावी सभामुखका लागि नेकपाका २ जना नेताको नाम चर्चा छ । संविधान सभाका तत्कालीन अध्यक्ष तथा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र नेकपा स्थायी कमिटी सदस्य अग्नी सापकोटा भावी सभामुखका लागि ‘प्रस्पिर्धामा छन् । तर, दुवै अध्यक्षबीच २ मध्ये कुनै १ जनालाई सभामुखको उम्मेदवार बनाउने भन्नेबारे सहमति हुन सकेको छैन । मंगलबार बिहान अध्यक्ष प्रचण्ड बालुवाटार पुग्दा प्रधानमन्त्री ओलीले भावी सभामुखका लागि सुवासचन्द्र नेम्वाङको नाममा सहमति जनाउन आग्रह गरेका थिए । तर, प्रचण्डले भने अग्नीलाई छाडेर सुवासलाई बोक्न नसकिने तर्क अगाडि सारेका छन् । ‘पार्टी एकताकै लाइनअनुसार पनि साथीहरुले सभामुख पद नछाड्ने भनेर चर्को दवाव दिइरहनुभएको छ । ममाथि चर्को विवाद छ भन्ने तपाईंले पनि बुझिदिनु पर्यो,’ अध्यक्ष प्रचण्डले ओलीको प्रस्तावप्रति जनाएको प्रतिक्रिया उद्धृत गर्दै प्रचण्डनिकट एक नेकपा नेताले खबरहबसँग भने, ‘अरु साथीहरुले पनि सुवासजीको नाममा सहमति जनाउने अवस्था छैन ।’
प्रचण्डको जवाफ पछि पनि ओलीले सभामुखका लागि नेम्वाङ मात्रै उपयुक्त पात्र भएको जिकिर गरेका नेकपाको ती नेताको भनाइ छ । ‘सरकारले आफ्ना कामहरु प्रभावकारी रुपमा अगाडि बढाउन संसदको पनि सहयोग आवश्यक पर्छ । सबैलाई मिलाएर समन्वयकारी भूमिका निर्वाह गर्न सुवासजी नै उपयुक्त पात्र हो,’ प्रचण्डसँग ओलीको भनाइ थियो ।
आइतबार बसेको नेकपा सचिवालय बैठकमा समेत सभामुख चयनको विषयले प्रवेश पाएको थियो । तर, सचिवालय बैठकले सभामुख चयनको विषयमा कुनै निर्णय भने गर्न सकेन । सचिवालयले निर्णय गर्न नसकेपछि सभामुखका लागि ‘उपयुक्त पात्र’ छान्ने जिम्मा पनि दुई जना अध्यक्षले नै पाए । ‘सचिवालयमा बैठकमा प्रधानमन्त्री ९ओली०कै तर्फबाट सभामुख चयनको विषयमा कुरा आएको थियो । तर, त्यसमा कुनै सहमति हुन सकेन । आइतबारको बैठकले उक्त विषयमा सहमति गर्न जिम्मा अध्यक्षद्वयलाई दियो,’ नेकपाका एक सचिवालय सदस्यले भने ।
नेकपा स्रोतका अनुसार भावी सभामुख चयनको विषयमा सचिवालयकै सदस्यबीच पनि एक मत छैन ।
‘सचिवालय सदस्यको मतको आधारमा सुवासजी अझै अल्पमत मै हुनुहुन्छ । उहाँको पक्षमा प्रधानमन्त्रीसहित ३ जना मात्रै हुनुहुन्छ,’ नेकपा स्रोत बताउँछ । स्रोतका अनुसार अध्यक्ष तथा प्रधानमन्त्री ओलीसहित सचिवालय सदस्य ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल नेम्वाङलाई सभामुख बनाउनुपर्ने पक्षमा छन् ।
अध्यक्ष प्रचण्डसहित सचिवालय सदस्य झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र रामबहादुर थापाले भने नेम्वाङको नाममा असहमति जनाइसकेका छन् । नेकपाका प्रवक्ता समेत रहेका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले भने अहिलेसम्म न त नेम्वाङको समर्थन गरेका छन्, न त विरोध नै । सभामुखको विषयमा अग्नी सापकोटाको चर्चा चलेपनि सचिवालय बैठकमा भने प्रधानमन्त्री ओलीले नेम्वाङको नाम मात्रै अनौपचारिक रुपमा अगाडि सारेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौँ । नयाँ सहमतिमा आउन गणतन्त्रवादीहरुलाई राजावालीहरुले एक हप्ताको अल्टिमेटम दिएका छन् । बिहीवार काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गरी संयुक्त जनआन्दोलन समितिले उक्त अल्टिमेटम दिएको हो । राजसंस्था पुनःस्थापनाका...
गोरखा । पथप्रदर्शकको मृत्यु भएको छ। उत्तरी गोरखास्थित मनास्लु पदयात्रामा पर्यटकलाई पथप्रदर्शन गर्न आएका उनको मृत्यु भएको हो । विकट मानिने धार्चे गाउँपालिका–३ खोर्लाबेँसीस्थित खोला किनारमा हिँड्ने क्रममा सार्की...
काठमाण्डौ । चार दिनदेखि आन्दोलनरत दोलखा जिल्लावासी, करार कर्मचारीहरूसँग सहमति भएको छ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले कम्पनीमा कार्यरत सबै कर्मचारीहरूको सेवा सुविधामा एकरूपता ल्याउने भएपछि सहमति भएको हो...
भक्तपुर । नयाँ वर्ष २०८२ र भक्तपुरको प्रसिद्ध विस्काः जात्राको अवसरमा औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाईज व्याण्डको आयोजनामा नवौं भक्तपुर औद्योगिक, साँस्कृतिक पर्यटन, कृषि तथा व्यापार महोत्सव...