भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

पर्यटन वर्ष सुरू : पर्यटकलाई भक्तपुरमा स्वागत

पर्यटन वर्ष सुरू : पर्यटकलाई भक्तपुरमा स्वागत

भक्तपुर । संसारकै सुन्दर नगर भक्तपुरलाई पर्यटकका निम्ती राम्रो व्यवस्थापन गर्न ध्यान दिएको भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले बताएका छन् । नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भमा भक्तपुरको दरवारक्षेत्रमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै प्रजापतिले अर्थतन्त्रको मुख्य आधार पर्यटन व्यवसाय हुदै गएकाले पर्यटन विकासको आधार भक्तपुर भएको बताए ।

पर्यटककै लागि चैत्र ४ देखि ८ गतेसम्म भक्तपुरमा महोत्सवको समेत आयोजना गरेको बताउदै मेयर प्रजापतिले सास्कृतिक नगरमा पर्यटकलाई स्वागत गर्न पाउदा खुसी भएको बताए । देशको प्रमुख अर्थतन्त्र आधार परिवर्तन बन्दै गएको भन्दै पर्यटन नेपालको पमुख अर्थतन्त्रको आधार विकल्पकै रुपमा पर्यटन भएको बताए ।

भक्तपुर पर्यटनमै आधारित भएर अघि बढेको भन्दै नेपालको व्यापार घाटा झनझन गिर्दो अवस्थामा गएकाले विकल्पका रूपमा पयर्टन व्यवसाय अर्थतन्त्रको आधार बन्दै गएको उनको तर्क छ । भ्रमण वर्षका अवसरमा केही नयाँ काम गर्दै नगरपालिका अगाडि बढीरहेको प्रजापतिले बताए ।

संसारकै सुन्दर नगर सुरक्षाको दृष्टीकोणले पनि हेर्न लायक र सुरक्षित नगरबनाउने अभियानमा लागेको भन्दै संसार भरीकै पर्यटकलाइ भक्तपुर आउन आग्रह गरे ।

कार्यक्रममा उपमेयर रजनी जोशीले नेपालको साँस्कृतिक शहर भक्तपुरमा पर्यटकलाइ स्वागत गर्न पाउदा खुसी भएको बताइन् । भक्तपुरको कला सस्कृितको पर्यटकले नजिकबाट नियाल्न पाउने भन्दै भक्तपुरमा टेक्ने जोकोहीलाइ पर्यटन वर्षको शुभकामना दिइन् ।

पुर्खाले सिर्जेको कला सस्कृतिलाइ संसारभर चिनाउन वडा वडामा महत्वका कार्यक्रम गर्न सुझाव दिइन् । पुर्वजको योग्दानलाइ नयाँ पुस्तालाइ सिकाउन जरूरी रहेको बताइन् । आजबाटै अभियान थाल्ने उनको जिकिर छ ।

सिद्धपोखरीमा डुङ्गा सरर…
पर्यटन वर्षकै अवसरमा पयंटकलाई सहज र मनोरन्जन पर्दान गर्न ऐतिहासिक सिद्धपोखरीमा (नाैका विहार) डुङ्गा राखिएको छ । डुङ्गाको उद्धघाटन गर्दै मेयर प्रजापतिले नगरवासीको सल्लाह बमोजिम यसो गरिएको बताए । नेपाल भ्रमण वर्षको अवसरमा शुभकामना व्यक्त गरे ।

उद्धघाटन पश्चात सिद्धपोखरीमा डुङ्गासैर गरेर पर्यटकले मनोरन्जन लिईरहेका छन् । अंग्रेजी नयाँ वर्ष शुरुभएसंगै नेपाल भ्रमण वर्षको पहिलो दिन आज भक्तपुरमा विविध साँस्कृतिक कार्यक्रम पनि राखिएको छ । विभिन्न पोखरीमा दिपावली समेतको आयोजना गरिएको छ ।
तस्वीरमा भ्रमण वर्ष

 


Thali Mobile Pvt.Ltd.